इटहरी । अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुदका माध्यमबाट विद्यार्थीहरुलाई शारिरिक तथा मानसिक रुपमा दक्षता प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सुनसरी सेन्ट जेभियर सेकेण्डरी इङलिस बोडिङ स्कुलले तिन दिवसिय खेलकुद सुरु गरेको छ ।
स्कुलको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीको सहभागितामा विभिन्न खेलकुद प्रतियोगिता गर्ने गरि खेलकुद कार्यक्रम सुरु गरिएको हो । 
उद्घाटन खेलमा ५० मिटर दौड प्रतियोगिता,चकलेट रेस,पासिड द बल, क्रिकेट, रिले रेस भएको छ ।
आगामी खेलहरु हाउस अनुसार फुटबल प्रतियोगिता कक्षा–१ देखि ५ र ६ देखि १० सम्म हुने छ भने म्युजिकल चेयर,म्याथ रेस,निडल रेस ,स्पुन रेस लगायतका विभिन्न खेलहरु आयोजना गरिने विद्यालयका संस्थापक प्रधानाध्यापक कबिन्द्र मण्डलले जानकारी दिए । 
विद्यालयमा अध्यनरत खेलकुदमा समावेश गरिएका विभिन्न खेलहरुमा विद्यालयमा अध्यनरत वालकक्षा देखि कक्षा १० सम्मका ३ सय वढी विद्यार्थीहरुले सहभागितामा प्रतियोगिता रहने छ ।
विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमका विजेता तथा उत्कृष्ट विद्यार्थीहरुलाइ विजय खेलाडीहरु लाई विषेश कार्यक्रममा सिल्ड,मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने छ ।




















