इटहरी । सुनसरीको इटहरी स्थित नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीद्धारा जारी  अन्तर बिद्यालय प्रथम डिभिएम कप क्रिकेट प्रतियोगीताको दोस्रो दिन  पहिलो खेलमा डिभिएम कञ्चनजङ्गा भर्सेस ब्राइट फ्युचर बोर्डिङ स्कुलको खेलमा टस ब्राइट फ्युचरले जितेर बलिङ रोजेको थियो। 

पहिलो ब्याटिङ गर्न उत्रिएको डिभिएम कन्चनजङ्गाले ६ विकेटको क्षतिमा ६२ रन बनाउन सफल भयो। डिभिएम  कन्चनजङ्गाको लागि डिबिएम कन्चनजंगाका क्याप्टेन युनिस खड्काले २६ बलमा ३१ रनको शानदार कप्तानी पारी खेलेका थिए। 

बलिङतर्फ ब्राइट फ्युचरका तर्फबाट प्रतिक दासले र उत्कृष्टले दुई दुई विकेट लिए भने अन्य बलर विनिश परियार र आसिरले एक एक विकेट लिएका थिए । 

६३ रनको रन लक्ष्य पछ्याउन आएको ब्राइट फ्युचर इङ्लिस स्कुलले सात ओभर ३ बल खेल्दै मात्र तीन विकेटको क्षतिमा उक्त रन पछ्याउन सफल भएसँगै सात विकेटले खेल जितेको थियो।

ओपनिङ ब्याटिङ गर्न आएका प्रतिक दासले २९ नटआउट रन खेल्दै टिमलाई जित् दिलाएका थिए भने आयुसले १८ रन र उत्कृष्टले आठ रनको योगदान दिए।WhatsApp Image 2025-02-02 at 17.32.00

बलिङतर्फ भने नेपाल डिभिएम कन्चनजङ्गाका युनिस खड्का युमीहाङ राई र रिवाज बोहोराले एकएक विकेट लिन सफल भए भने  दोस्रो खेल मकालु इङ्लिस बोर्डिङ स्कुल भर्सेस पशुपति इङ्लिस बोर्डिङ स्कुल बीच खेलिएको दोस्रो दिनको दोस्रो खेल मा टस जितेर मकालु इङ्लिस बोर्डिङ स्कुलले बलिङ रोजेको थियो। ब्याटिङ गर्न आएको पशुपति इङ्गलिस बोर्डिङ स्कुलले सात विकेटको क्षतिमा ६० रन मात्रै बनाउन सफल भयो। 

पशुपतिका लागि सुलभ कार्कीले २३ बलमा २३ रनको इनिङ खेल्न सफल भए। बलिङतर्फ मकालुका लागि अचुतम पोखरेलले दुई विकेट, क्षितिज लुइटेलले दुई विकेट र रिमेश थापाले एक विकेट लिन सफल भए। 

दोस्रो ब्याटिङ गर्न आएको मकालुले उक्त लक्ष्यलाई मात्र चार ओभर चार बलमै बिना कुनै विकेटको क्षतिमा १० विकेटले उक्त खेल जित्न सफल भयो। 

दुईओपनाले उत्कृष्ट ब्याटिङ गर्दै क्षितिज लुइटेलले २१ र रिमेश थापाले ३५ रन हान्न सफल भए।

ब्याटिङमा एकैछिन र बलिङमा दुई विकेट लिएका क्षितिज लुइटेल प्लेयर अफ द म्याच भए । 

चौथो खेलमा   माउन्ट मकालु इङ्लिस स्कुल गछिया विरुद्ध हिमशिखर इङ्लिस स्कुलले एकअर्कासँग प्रतिस्पर्धा गर्दै  उक्त खेलमा टस हिमसिकाले जित्दै पहिलो बलिङ गर्ने निर्णय गर्यो।

पहिलो ब्याटिङ गर्न उत्रेको माउन्ट मकालुले १० ओभरमा चार विकेटको क्षतिमा ६९ रन जोड्यो। माउन्ट मकालुका लागि अभियान भट्टराईले ३३ रन र नारायण आचार्यले १० रनको पारी खेलेका थिए । हिमशिखरको बलिङतर्फ निश्ल राईले तीन विकेट लिन सफल भए। 

७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्न उत्रेको हिमशिखरले ६ ओभर पाँच बलमा मात्र एक विकेट लगाउँदै लक्ष्य पछ्याउन सफल भयो। ब्याटिङ गर्ने क्रममा नोबेल लिम्बुले एक्लै २८ रन प्रहार गरी अभिजित रहे भने एलिन श्रेष्ठले २४ रन हान्दै अभिजित रहे।

उक्त खेलका प्लेयर अफ द म्याच नोबेल लिम्बु बन्न सफल भए।

खेल संयोजक टिका दत्त बन,सह प्राचार्य नारायण सुवेदी,प्रशिक्षक क्षितिज दाहाल लगायतले पुरस्कार वितरण गरेका थिए ।