इटहरी । सुनसरिको इटहरीमा शनीबार देखि अन्तर बिद्यालय प्रथम डिभिएम कप क्रिकेट प्रतियोगीता सुरू भएको छ । स्कुलको खेल मैदानमा सुरू भएको क्रिकेट प्रतियोगीतामा २८ वटा बिद्यालयका बिद्यार्थीहरूले सहभागी जनाएका छन । जिलला शिक्षा समन्वय समिती सुनसरीका प्रमुख खगेन्द्र सुवेदिले उदघाटन गरे संगै खेल सुरू भएको हो । उदघाटन समारोहलाए सम्बोधन गर्दै प्रमुख अतिथी सुवेदिले अन्तराष्ट्रिय स्तरमा ख्याती पाइसकेको क्रिकेटलाइ बिद्यालय स्तरबाट प्रवर्दन गृने प्रयास गरेको प्रति डिभिएम स्कुललाइ धन्यवाद दिए । क्रिकेट मोह हुदा हुदै पनि खेल्न नपाएका बिद्यार्थीहरूकालागि यो प्रतियोगीताले भविस्यमा दक्ष खेलाडी उत्पादन गर्न महत्वपुर्ण भुमीका रहने बताए ।
खेलमा बिजेता हुने बिद्यालयलाइ नगद रू २५ हजार , ट्रफि ,मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेता हुने बिद्यालयलाइ १५ हजार नगद , ट्रफि ,मेडल र पमाण पत्र प्रदान गरिने जनाइएको छ । साथै प्रतियोगिताले बिद्यालय स्तरमा पनि क्रिकेटको मोह बढाउने र भविस्यमा दक्ष खेलाडी उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ ।
बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ध्रुव कुमार सुब्बाको अध्यक्षतामा सुरू भएको उदघाटन खेल अन्तरगत शनीबार २ खेल सम्पनन भएका छन । कार्यक्रममा आयोजक समितिका संयोजक तथा विद्यालयका लेखा सुपरिवेक्षण समितका संयोजक टीकादत्त वन,प्याबसन सुनसरीका अध्यक्ष “थानेश्वर ढकाल,नेपाल डिभिएमका प्रिन्सिपल डाक्टर बेनुप्रसाद सिटौला ,सहप्रधान अध्यापक नारायण सुवेदी लगायतको उपस्थिती रहेको थियो । 
डिभिएम कपको पहिलो खेलमा नेपाल डिभिएम सगरमाथा vs लिटल फ्लावर्स सेकेन्डरी स्कुल बीच भएको खेलमा डिभीएमले टस जितेर पहिलो ब्याटिङ गर्दै १० ओभरमा चार विकेटको क्षतिमा १५४ रन बनाउन सफल भएको छ ।
१५४ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावर सेकेन्डरी स्कुलले १० विकेट गुमाउँदै मात्र ४६ रन बनाउन सफल भयो।
डिभिएम स्कुल यस खेलमा १०८ रनले विजयी भएको छ।
उक्त म्याचका प्लेयर अफ द म्याच नेपाल डिभिजन सगरमाथाका क्याप्टेन आर्यन चौधरीले छ छक्काको मद्दतसहित अभिजित १५ बलमा ५१ रन हान्न सफल भए भने बलिङतर्फ आर्यनको नाममा दुई विकेट , अर्यालको नाममा तीन विकेट, दिवस बिष्टको नाममा तीन विकेट र ग्रीस भट्टराईले दुई विकेट लिन सफल भए।
त्यसैगरी लिटल फ्लावरका तर्फबाट रिजन कार्कीले मात्रै १२ रन बनाउँदै दोहोरो अङ्क छुन सके भने अन्य ब्याटरहरूको प्रदर्शन त्यति उत्कृष्ट रहन सकेन। भने बलिङतर्फ संस्कारले एक विकेट, सार्थकले एक विकेट र सुमार्गको नाममा एक विकेट रहन गयो।
दोस्रो खेलमा शान्तिनगर बोर्डिङ्ग स्कुल र महेन्द्र मेमोरियल एकेडेमी बीचको दोस्रो खेलमा टस जितेर बलिङ रोजेको महेन्द्र मेमोरियलले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै शान्तिनगर बोर्डिङ स्कुललाई मात्र ५१ रनमा समेट्न सफल भयो जसमा बलिङतर्फ सौरभले चार विकेट, शुभमले दुई विकेट र रेहान मल्ल, रेहान आलम र अनमोल शाहले एक एक विकेट लिन सफल भए।
५१ रनको लक्ष्य पछ्याउने क्रममा १६ बलमा ३० रन प्रहार गर्दै सौरभ मेहेताले आफ्नो टिमलाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्याए । भने बलिङतर्फ शान्तिनगरका प्रवेश भट्टले तीन विकेट लिन सफल भए ।
यो सँगै शान्तिनगर विरुद्ध महेन्द्र मेमोरियल ७ विकेटले विजयी हुँदै पहिलो जित हासिल गर्न सफल भयो भने उक्त खेलका प्लेयर अफ द म्याच सौरभ मेहता बनेका थिए ।




















