इटहरी । नेपालमै सुटिङबल खेल लाई स्थापित गर्ने उदेश्यले सुनसरीको इटहरीमा  पहिलो पटक एशियन सुटिङबल च्याम्पियनसिप हुने भएको छ । 

आगामी माघ १७ गते देखि १९ सम्म सुटिङबल च्याम्पियनसिप प्रतियोगिता संचालन  हुने भएको हो ।

 एसियन सुटिङ बल फेडेरेसनका पदाधिकारीहरूले  सो खेलको विषयमा शुक्रबार युवा विकास केन्द्रको सभा हलमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । 

वल्र्ड कपमा नेपाल बाट नेपालको सानदार उपस्थिती संगै उत्कृष्ट नतिजा ल्याएपछि यस खेललाइ नेपालमा भित्र्याउने जमर्काे स्वोरूप पहिलो पल्ट इटहरीमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ । 

नेपाली महिलाले देखाएको प्रतिभालाई सम्मान स्वोरूप यो खेलको प्रोत्साहनकै लागि भएपनि इटहरीबाट सुरूवात गर्न लागिएको हो ।  WhatsApp Image 2025-01-24 at 16.25.02

 प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र यूएईका महिला तथा पुरुष टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

इटहरीलाइ खेलकुद नगरी बनाउन र अन्तराष्ट्रिय स्तरमा सम्पन्न भइसकेको सुटिङ बलको प्रवर्धन संगै प्रचार प्रसार गर्न यो खेललाइ प्राथमिकतामा राखेर पहिलो पटक एसियन राष्ट्र स्तरिय खेलकुद प्रतियोगिता इटहरी ल्याइएको नेपाल सुटिङ बल फेडरेसनका उपाध्यक्ष केशव कुमार बिष्टले बताए । 

यो च्याम्पियनसिप प्रतियोगिता आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा ’ए’ र ’बी’ गरी चार टोलीलाई प्रतिनिधित्व गराउने र प्रतियोगिता इटहरीको कस्तूरी एकेडेमीको खेल मैदानमा हुने यस प्रतियोगिताको स्वागत तथा झण्डोत्तोलन कार्यक्रम माघ १७ गते साँझ इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा हुने जनाइएको छ ।WhatsApp Image 2025-01-24 at 16.25.01 (1)

च्याम्पियनसिपको उद्घाटन माघ १८ गते पूर्व प्रधानमन्त्री   माधवकुमार नेपालले गर्ने छन भने  समापन तथा पुरस्कार वितरण माघ १९ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने खेलमा पाँच देशका झण्डै दुई सय खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, ओलम्पियनहरू र अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहने उपाध्यक्ष विष्टले बताए । 

 खेलकुदसँगै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने एशियन सुटिङ वल फेडरेसनका महासचिव रविन्द्र तोमारले जानकारी दिए । 

नेपाल सुटिङबल संघका महासचिव रविन्द्र तोमारले यो च्याम्पियनसिपलाई कोशी प्रदेश, सुनसरी जिल्ला र इटहरीको खेलकुद विकासका लागि ऐतिहासिक हुने बताए ।