इटहरी । अल्टिट्युड क्लबले शान्ती सुरक्षा सम्बन्धीे अन्तरकृया संगै दोश्रो अल्टिट्युड रनिङ कप फुटवल सम्बन्धी पत्रकार सम्मेलन इटहरीमा सम्पन्न गरेको छ ।
सुनसरीको इटहरी स्थित बगान होटलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारी,सुरक्षा विकाय संग कोशी प्रदेशमा पछिल्लो समय लागुऔषध दुब्र्यसनी,सवारी दुर्घटना बढदै गएको हुदा अल्टिट्युड क्लबले शान्ती सुरक्षा सम्बन्धी अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।
लागुऔषध दुब्र्यसनी,सवारी दुर्घटना बढ्दै गएको प्रति चिन्ता प्रकट गर्दै मन्त्री भण्डारीले तिनै तहका स्थानिय सरकार र सम्बन्धीत सुरक्षा निकायहरूले यसबारे चासो राख्नु पर्ने जोड दिएका छन् ।
उनले सडक दुर्घटना न्युनिकरण र लागु औषध निर्मुलीकरण तर्फ यहि फागुन १ गते बाट कोशी सरकारले बेग्ला बेग्लै कार्य योजना बनाएर त्यसलाइ कडाइका साथ पालना गराउने मन्त्री भण्डारीले बताए ।
साथै अल्टिट्युड क्लबले खेलको माध्यमबाट समाजमा पुर्याएको योग्दानको पनि खुलेरै चर्चा गरे । 
यसै बिच पत्रकार सम्मेलनमा अल्टिट्युड क्लबले आगामी फागुन ९ गते देखि दोश्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटवल प्रतियोगीताको आयोजना गर्न लागेको जानकारी दिए ।
नौ दिन सम्म सञ्चालन हुने प्रतियोगीतामा जम्मा ११ वटा समुले भाग लिने आयोजकले जनाएको छ ।
खेल संगै स्थानिय स्तरका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्येश्य सहित सो प्रतियोगिता सुनसरीको रामधुनी नगरपालिका ७ पंचायनको खेल मैदानमा गर्न लागिएको क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले जानकारी दिए । 
उनले क्लबको विधान सम्सोधन गरेर अन्तराष्ट्रिय स्तर सम्म पुर्याउने र विभिन्न सस्थाहरु संग सहकार्य गदैं आगामी दिनमा ग्रासरुटका खेलाडीहरु लाई विभिन्न खेल,स्वास्थ्य,सांगितिक ,वातवरणका क्षेत्रका साथै विद्यार्थीहरु लाई समेट्दै अगाडी बढ्ने पनी अध्यक्ष तिम्सिनाले बताए ।
प्रतियोगिताका प्रथम बिजेताले नगद २ लाख २२ हजार २२२ , १५ तोला चाँदिको रिनङ सिल्ड , मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले नगद १ लाख ११ हजार १११ रूपैया संगै सिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिमसिना , इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी लक्षमी भण्डारी,रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरी लगायतको सहभागिता रहेको थियो ।




















