झापा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको आयोजनामा हुने ११औं हिसान स्पोर्टस मिट २०८१को तयारी पुरा भएको छ ।
यही माघ ६ गते देखि १९ गते सम्म सञ्चालन हुने ११औं हिसान स्पोर्टस मिटको तयारी पुरा भएको इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । विद्यार्थीको वौद्धिक विकासका साथै शारिरिक नैतिक र सामाजिक विकासका साथै व्यवसायी खेलाडी उपत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले हिसान स्पोर्टस मिट आयोजना गरिदै आएको पत्रकार सम्मेलनमा हिसान सुनसरी अध्यक्ष सागरप्रसाद भट्रटराईले जानकारी दिए ।
शिक्षाका साथै खेलकुदको व्यवसायिक विकासमा योगदान गर्दै राम्रा खेलाडी उत्पादन गर्न हिसान स्पोर्टस मिट सहयोगी वन्दै आएको र खेलकुदमा रुचि राख्ने विद्यार्थीलाई व्यवसायीक खेलाडी वनाउने कार्यमा सहयोग पुगोस भनेर खेलकुदसंग सम्वन्धीत संघसंस्थासंग सहकार्य गरेर खेलकुदका गतिविधिहरु सञ्चालन गरिदै आएको समेत अध्यक्ष भट्टराईले वताए ।
विद्यालय तह र उच्च शिक्षालय तर्फका विद्यार्थी विच गराईने प्रतिस्पर्धामा विद्यालय स्तरीय १४ विधा र ४२ खेल तथा प्लस टु स्तरीय १३ विधा ३३ खेल खेलाइने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
हिसान स्पोटर्स मिट अन्तरगत नृत्य विधालाई समेत समेटीएको तथा हरेक वर्ष जातजातिको नृत्यलाई प्रतियोगी रुपमा समावेश गरिदै आएकोमा यस वर्ष साकेला केन्द्रित प्रतियोगिता हुने समेत पत्रकारहरुलाई जानकारी गराइयो । प्रतियोगिताका विजेता विद्यालय, शिक्षालय विद्यार्थीलाई ट्फि प्रमाण पत्र गरिने छ । रन, फुटवल , नृत्य प्रतियोगिताका विजेता टिम तथा विद्यार्थीलाई नगद पुरस्कार समेत प्रदान गरिने जनाइयो ।
पत्रकार सम्मेलनमा हिसान केन्द्रीय सदस्य वलराम पन्त , मुकुन्द घिमीरे कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष गणेशकुमार दुलाल जिल्ला सल्लाहकार वोधराज नेपाल , एन्फा सुनसरी महासचिव कोविद जगं कार्की , नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफलेको आतिथ्य रहेको थियो ।




















