इटहरी । अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुदका माध्यमबाट विद्यार्थीहरुलाई शारिरिक तथा मानसिक रुपमा दक्षता प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सिबी स्कुलले खेलकुद सप्ताह सुरु गरेको छ ।
स्कुलको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीको सहभागितामा विभिन्न खेलकुद प्रतियोगिता गर्ने गरि खेलकुद सप्ताह सुरु गरिएको हो ।
खेलकुद कार्यक्रममा विद्यार्थीले भलिवल , फुटवल , वास्केटवल , टेवुलटेनिस,व्याडमिन्टन, दौड लगायतका खेलहरु समावेश गरिएको विद्यालयका प्रिन्सिपल खेमराज बास्तोलाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशवन्धु कार्कीले उदघाटन गरेको खेलकुद सप्ताहमा समावेश गरिएका विभिन्न खेलहरुमा वालकक्षा देखि कक्षा १० सम्मका ५सय वढी विद्यार्थीहरुले सहभागितामा प्रतियोगिता सुरु भएको छ । 
माघ ९ गते सम्म संचालन हुने प्रतियोगिताका विजयी विद्यार्थीलाई ट्रफि , मेडल तथा प्रमाण पत्र प्रदान गरिने स्कुलले जानकारी दिउको छ ।




















