इटहरी ।  विद्यार्थीलाई खेलकुदका क्षेत्रमा  समेत अब्बल वनाउने उद्धेश्यले हरेक वर्ष खेलकुद सप्ताह गर्दै आएको विश्व आर्दश एकेडेमीले यस वर्ष पनि खेलकुद सप्ताह समापन गरेको छ ।

    राष्ट्पति रनिगं शिल्ड तथा हिसान स्पोष्ट मिटका लागि समेत खेलाडी छनोट गर्ने उद्धेश्यका साथ विश्व आर्दश एकेडेमीले गत पौष २८ गते देखि सञ्चालन गरेको स्पोष्ट सप्ताहको एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

   एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षता तथा अखिल नेपाल फुटवल संघ एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईको प्रमुख आतिथ्यमा विश्व आदर्श एकेडेमीको खेलकुद सप्ताह समापन गरियो ।WhatsApp Image 2025-01-16 at 17.17.14

कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए । विद्यार्थीले फुटवल ,क्रिकेट , भलिवल , वास्केटवल ,खोखो , व्याडमिन्टन , चेस ,तेक्वाण्दो ,योगा लगायतका खेलकुदका विद्याहरु सप्ताहमा समावेश गरिएको थियो ।

सिनियर र जुनियर विद्यार्थी विच प्रतिस्पर्धा गराइएका विभिन्न खेल अन्तरगत ४सय ३५ स्वर्ण पदक , ४सय ३५ नै रजत ४सय ३० कास्य पदक वितरण गरिएको खेलकुद सप्ताह समापन कार्यक्रममा जानकारी गराइयो ।WhatsApp Image 2025-01-16 at 17.17.14 (1)

विश्व आदर्श एकेडेमीले शैक्षिक गतिविधिका साथै विभिन्न विद्यामा कोच राखेर विद्यार्थीलाई अतिरिक्त क्रियाकपालमा समेत दक्षता प्रदान गर्दै आएको प्रिन्सिपल गणेशकुमार दुलालले जानकारी दिए । प्रिन्सिपल दुलालले विश्व आदर्श एकेडेमीले विशेष गरेर प्रविधि , शिक्षण, सिप र संस्कारलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकपालहरु सञ्चालन गर्दै आएको समेत वताए ।WhatsApp Image 2025-01-16 at 17.17.20

कार्यक्रमका प्रमुख राईले क्रिकेट लगायतका विभिन्न खेलकुदमा नेपाली खेलाडीहरुले पाउदै आएको सफलताले खेलकुद क्षेत्रमा आकर्षण वढाउदै आएको वताए । उनले खेलकुद क्षेत्र व्यवसायिक रुपमा समेत अघि वढी रहेको समेत जानकारी गराए ।WhatsApp Image 2025-01-16 at 17.17.20 (1)

खेलकुद समापन कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजकुमार राई , प्याव्सन इटहरीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , एन्फा कोशी प्रदेश सहसचिव केशव कार्की , एभिन्युज टेलिभिजनका कोशी प्रदेश प्रमुख सचिन पोखरेल लगायतका अतिथीहरुको आतिथ्य रहेको थियो ।

२०७४सालमा स्थापना भएको विश्व आर्दश एकेडेमीमा हाल नर्सरी देखि मास्टर सम्मको अध्ययन अध्यापन हुदै आएको छ ।