इटहरी । कस्तुरी एकेडेमी इटहरीले आयोजना गरेको अन्तर  विद्यालय प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि शिक्षादिप एकेडीमीले जितेको छ ।

      डिभिएम स्कुलको खेल मैदानमा भएको फाइनल खेलमा सुषमा सेकेण्डरी स्कुल माथि सहज जित हासिल गरि शिक्षादिपले प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । फाइनल खेलमा टस जितेर पहिलो व्याटिगं रोजेको सुषमा कलेजले १० ओभरमा १सय ५ रन वनाएको थियो ।

१सय ६ रनको लक्ष्य पछ्याएको शिक्षादिपले ५ओभर १ वलमा लक्ष्य पुरा गर्दै उपाधि हात पार्न सफल भयो ।IMG_20241227_205709

शिक्षा दिपका लागि प्रमुल बस्नेत र अपर्ण अधिकारीले अविजित ४९ रनको योगदान गरेका थिए ।

३विकेट लिएर ४९ रन वनाउन सफल शिक्षादिपका अपर्ण अधिकारी फाइनल खेलको म्यानअफ द म्याच वन्न सफल भए ।WhatsApp Image 2024-12-27 at 18.03.13

तेस्रो स्थानमा सारदा माध्यमिक विद्यालय खनारले हात पारेको थियो ।   सारदा माध्यमिक विद्यालयकै हेमराज माझी मोस्ट क्याचेस घोसित भएका थिए ।

यही पुस ७ गतेबाट सुरु भएको  प्रतियोगितामा इटहरी उपमहानगरपालिका क्षेत्रका दुई सामादायिक विद्यालय सहित २६ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तरगत अपर्ण अधिकारी म्यान अफ द सिरिज , प्रमुल बस्नेत उत्कृष्ट व्याटसम्यान , अभिशेक अधिकारी उत्कृष्ट वलर , हेमराज माझी मोष्ट क्याचेस वन्न सफल भए  ।WhatsApp Image 2024-12-27 at 18.03.13 (1)

    प्रतियोगिताका विजयी विद्यालय तथा खेलाडीहरुलाई कस्तुरी एकेडेमीका अध्यक्ष रामचन्द्र अधिकारी ,प्रिन्सिपल कमलेश शर्मा पौडेल लगायतले पुरस्कृत गरे । सोही कार्यक्रममा इटहरीमा क्रिकेट खेलको सुरुवात गर्न२०४३ सालमा स्थापित इटहरी क्रिकेट टिमका सदस्यहरु सञ्जीव ढुगाना ,कमलेश पौडेल , विनोद देवान, पवन खेडिया  र  प्रदिप रेग्मीलाई इटहरीमा क्रिकेट खेलको विकासमा योगदान पुरयाएको भन्दै सम्मान गरिएको छ  ।WhatsApp Image 2024-12-27 at 17.16.19 (2)