इटहरी । पुर्वेली क्लव इटहरीले आयोजना गरेको १६वर्ष मुनिको फुटवल प्रतियोगितामा जनता बस्ती क्लवले जितेको छ ।
शारिरिक तथा मानिसिक स्वास्थ्यका लागि खेलकुदको महत्वलाई मध्यनजर गर्दै आयोजना गरिएको फुटवल प्रतियोगितामा वालकिसन क्लवलाई हराउदै जनता बस्ती क्लवले जितको हो ।
इटहरीका ४ वटा क्लवका युवा खेलिडाहरुले प्रतिस्पर्धा गरेको खेलको फाइनलमा जित हात पारेको जनता बस्ती क्लवलाई १०हजार नगद सहित ट्फि मेडल र दोस्रो हुने वालकिसन क्लवले ५हजार नगद सहित ट्फि मेडलले पुरस्कृत गरिएको आयोजक पुर्वेली क्लवका अध्यक्ष झलक बनले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४का वडाध्यक्ष भक्त लामा तामागंको कार्यक्रममा प्रमुख आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा भने मनकामना टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र भट्टराई ,समाजसेवी विक्रम श्री लगायतको आतिथ्य रहेको थियो भने समापन कार्यक्रमको प्रमुख अतिथी सिबि कलेजका अध्यक्ष देशबन्धु कार्कीले लगायतले पुरस्कार वितरण गरेका थिए ।
पुर्वेली क्लवले यस क्षेत्रमा सरसफाई ,वृक्षारोपण लगायतका सामाजिक कार्यमा सक्रियता जनाउदै आएको छ ।