इटहरी । जनता माध्यमिक विद्यालयले दोस्रो जनता ओलम्पिक अन्तर्गत आन्तरिक खेल सप्ताह २०८१ पौष ४ गते बुधबार देखि ९ गते सम्म संचालन हुने भएको छ ।
बिद्यार्थी र विद्यालय परिवार प्रति सकारात्मक भावना जागृत गराउदै विद्यालयले विद्यार्थीहरु को क्षमता लाई खेल मार्फत उन्नति र प्रगतिमा अग्रसर गराउने उदेश्यले दोस्रो आन्तरिक खेलको आयोजना गरिएको पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
कक्षा एलकेजी देखि कक्षा १२सम्म विद्यार्थीहरु लाई चकलेट दौड,हिशाब दौड,म्युजिकल चियर,फुटवल,भलिबल,क्रिकेट लगायतका विभिन्न खेलहरुमा प्रतिस्पर्दा गराईने कार्यक्रम संयोजक शिवराज दाहालले जानकारी दिए ।
विद्यालयले उत्कृष्ट विद्यार्थीहरु लाई आगामी दिनमा हुन गैरहेको जिल्ला स्तरीय दोश्रो जनता ओलम्पिक्स र राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताका लागी छनौट गर्ने लक्ष्य सहित खेल सप्ताह आयोजना गरेको खेलकुद सप्ताह संरक्षक जनता माध्यमिक विद्यालयका प्रधानध्यापक पशुपति सिग्देल बताए ।
कक्षा ३ सम्मका विद्यार्थीलाई बिद्यालयको प्रांगनमा र कक्षा ४ देखिका १२ सम्मका खेल इटहरी रंगशालामा हुने अनुशासन समितीका ज्योती कोइरालाले जानकारी गराए ।
प्रतियोगितामा प्रथम,दितिय,त्रितिय हुनेहरु लाई सिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
विद्यालयमा अध्यनरत ११ सय विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहने छ ।