इटहरी, सुनसरी - इटहरीस्थित वेदान्त हस्पिटलमा कार्तिक २४ गतेदेखि वरिष्ठ मुटु तथा प्रेसर रोग विशेषज्ञ डा. सहदेब प्रसाद ढुंगानाले सेवा सुरु गरेका छन्। वेदान्त हस्पिटलले पहिलो दिन मुटु सम्बन्धी परिक्षणमा २५% छुटको व्यवस्था गरेको छ।
अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार, डा. ढुंगानाले हरेक शनिवार यहाँ सेवा दिनेछन्। डा. ढुंगाना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट DM कार्डियोलोजीमा विशेषज्ञता प्राप्त हुन्, साथै बनारस हिन्दू विश्वविद्यालयबाट एमबीबीएस र पीजिआइएमईआर, चण्डीगढबाट एमडी गरेका छन्। हाल उनी नोबेल मेडिकल कलेजमा प्रोफेसरका रूपमा कार्यरत छन्।
डा. ढुंगानाले लामो समयदेखि विभिन्न अस्पतालमा मुटु तथा प्रेसर रोग सम्बन्धी उपचार सेवा दिँदै आएका छन्। मुटुको समस्यामा रहेका व्यक्तिहरूलाई सतर्क गराउँदै अस्पतालले निम्न लक्षणहरू देखिएमा समयमै परामर्श लिन सल्लाह दिएको छ:
1. छाती दुख्ने, भारी हुने, ढक्क फुल्ने
2. सास फेर्न कठिनाइ हुने
3. धेरै पसिना आउने
4. वाकवाक लागिरहने
5. हात झमझमाउने वा चेतनाविहिन बन्ने
6. शरीरको कुनै अंगले काम गर्न छाड्नु
7. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने
मुटु तथा स्वास्थ्य समस्या भएमा अस्पतालमा सम्पर्क गर्न आग्रह गर्दै श्रेष्ठले विशेष सुविधा उपलब्ध गराइने जानकारी दिएका छन्। वेदान्त हस्पिटलले दैनिक रूपमा सी-आर्म मेशिन प्रयोग गरी हड्डीको अप्रेसन गर्ने तथा हात-खुट्टा भाँचिएको, सिन्का बिजेको, मासु पलाएको, र नङ गाडिएको समस्याहरूको उपचार गरिरहेको श्रेष्ठले बताए। साथै, अस्पतालमा अन्य विभिन्न विशेषज्ञ सेवासहित हाडजोर्नी र सामान्य सर्जरीको अप्रेसन, २४ घण्टा एमबिबिएस डाक्टरद्वारा इमर्जेन्सी सेवा पनि उपलब्ध छ।