इटहरी । स्वस्थ्य र सभ्य समाज निर्माणका लागि खेलकुदको विकास गर्ने उद्देश्यले सेभेन स्टार क्लबद्वारा विजय दशमीको पावन अवसरमा आयोजना गरिएको दोस्रो संस्करणको “सेभेन स्टार इटहरी रन” प्रतियोगिता सम्पन्न भएको छ ।

लविपुर चोक देखी इटहरी गोल चोक, हलगडा, राजश्वढाट हुदै पुनः लविपुर आएर  सम्मको दौड प्रतियोगितामा देशभरबाट करिब २०० जना धावकहरूले सहभागिता जनाएका थिए । 

पुरुष तर्फ प्रथम नरेन्द्र सिंह रावत बैतडी उप विजेता  नागेश्वर अहिर काठमाडौँका र द्वितीय उप विजेता करण रावल, बझाङ, विक्रम लिम्बू, लेटाङ्ग,सरोज सिंह दमकका विजेता खहुर सफल भएका छन भने महिला तर्फ प्रथम सुमित्रा कुमारी चौधरी, काठमाडौँ, उपविजेता सुनकला राई, संखुवासभा , द्वितीय पुष्पा शेर्मा लिम्बू, पाँचथर,जुहि राई, भोजपुर र सुसा लिम्बु, धनकुटाका विजेता बन्न सफल भएका थिए ।  

 प्रथम स्थान प्राप्त खेलाडीलाई नगद २५,हजार  दोस्रोलाई १० हजार तेस्रोलाई  ५ हजार र  चौथो तथा पाँचौं स्थान प्राप्त गर्ने  खेलाडीहरूलाई जनही एक,एक हजारका दरले पुरस्कृत गरिएको छभने दुवै विधाका विजेताहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । WhatsApp Image 2024-10-05 at 12.57.35

साथै, महिला र पुरुष तर्फको प्रथम, दोस्रो, र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई आई एमइ लाइफ इन्सुरेन्स द्वारा रु. १,लाख बराबरको विमा प्रदान गरियो ।

सेभेन स्टार क्लबका अध्यक्ष नवराज पौडेलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा इटहरी वडा नं. १६ का अध्यक्ष  तेज नारायण चौधरी, वडा नं. १७ का अध्यक्ष  प्रभात कुमार आचार्य, र नेपाल राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे लगायको सहभागिता रहेको थियो । WhatsApp Image 2024-10-05 at 12.57.39

विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, कोशी प्रदेशको आयोजनामा बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरको रुविज इन हाटलमा आयोजित कार्यक्रममा आयुर्वेदिक स्वास्थ्यकर्मीहरूको भूमिकाको महत्व, तथा पर्वहरूको सांस्कृतिक पक्ष र समुदायमा स्वास्थ्यको अवस्था लगायका विषयमा छलफल गर्दै शुभकामना आदान प्रदान गरिएको हो । WhatsApp Image 2024-10-05 at 12.57.27

आयुर्वेद क्षेत्रको विकास र समुदायमा यसले पु¥याएको योगदानका बारेमा चर्चा गर्दै, पर्वहरूको अवसरमा स्वास्थ्यकर्मीहरूको भूमिकालाई अझ सशक्त बनाउनु पर्नेमा कार्यक्रमका प्रमुख अतिथी नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष महेश थापाले जोड दिए ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, कोशी प्रदेशका अध्यक्ष वैजनाथ शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका विज्ञ डाक्टर रविन्द्र निरौला लगायतले स्वास्थ्य सेवामा आयुर्वेदको बढ्दो प्रभाव र यस क्षेत्रको सम्भावनाबारे विचार प्रस्तुत साथै आयुर्वेदले स्थानीय समुदायमा पु¥याउने दीर्घकालीन फाइदाको चर्चा गर्दै, यसको विस्तार र विकासका लागि आयुर्वेद उपचार पद्धतिलाई अझ व्यापक बनायन आवश्यक रहेको बताएका थिए । 

कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी, ब्यवसयी ,समाजसेवी, लगायको उल्लेखनीय उपस्थिति रहेको थियो ।