इटहरी । सेभेन स्टार क्लवले असोज १९ गते शनिबार दोस्रो संस्करणको खुल्ला पुरुष तथा महिला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । 

 मंगलबार क्लबले पत्रकार सम्मेलन गरीे दौड प्रतियोगिताको विषयमा जानकारी गराएको हो  । 

स्वास्थ्य मानिसले नै परिवार र समाजलाई सही दिशा तर्फ दौडाउन सक्छ भन्ने अभिप्राय बोकेर यस क्लवले चाँड पर्वको अवसरमा प्रत्येक वर्ष विभिन्न खेल प्रतियोगिता ,सास्किृतिक कार्यक्रमहरु गर्दै आएको छ । 

दशैको अवसर पारेर खेलाडीहरुलाइ प्रोत्साहन मिल्ने गरि गत वर्ष भन्दा यस वर्ष २५ हजार रुपैयाको धनरासी पुरस्कार रहेको र यसलाइ निरन्तरता दिने गरी यो दौड प्रतियोगितालाइ व्याक रुपले दशै लक्षित गरी दौडको आयोजना गरेको र यसमा नेपाल भरीबाट २०० खेलाडीहरु सहभागी हुने सेभेन स्टार क्लवका अध्यक्ष नवराज पौडेलले बताए ।

 यहि असोज १९ गते दोसो्र संस्करणको प्रतियोगिता शनिबार लविपुर चोक देखी इटहरी गोल चोक, हलगडा, राजश्वढाट हुदै पुनः लविपुर आएर  सम्म गर्न गइरहेको जानकारी गराउदछौं साथै उक्त दौड प्रतियोगितामा इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेल र इटहरी वडा नं. १६ र १७ का वडा अध्यक्ष लगायतका प्रतिनिधीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।