विराटनगर । निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई नियन्त्रणको केही समय पछि प्रहरीले छाडेको छ।  नियन्त्रणमा लिएर प्रहरीले बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित टंकीसिनवारीमा पुर्‍याएको थियो । उनको घरमा पुर्‍याउन लगेको भए पनि कार्की गाडीबाट झर्न नमानेको प्रहरीले जनाएको छ।  
कार्कीलाई निक्कै समयसम्म त्यहाँ झार्ने प्रयास गरेको प्रहरीलाई  कार्कीका कार्यकर्ताले समेत उनलाई झार्नबाट रोकेका थिए । कार्कीलाई त्यहाँ निक्कै बेर राखेर पछि  प्रहरीले बाहिरै  छाडेको थियो । कार्की अहिले फेरी निषेधित क्षेत्र भन्दा बाहिर गएर   अनसन थालेका छन् । 
कार्की प्रदेश सभा अगाडि  अनशन बसेपछि  उनलाई अनसन स्थलबाटै प्रहरीले मङ्गलवार साँझ नियन्त्रणमा लिएको थियो । निषेधित क्षेत्रमा अनसन बसेपछि हटाउन पुगेको प्रहरीलाई कार्कीले नटेरेपछि नियन्त्रणमा लिएर घरमा लिएर गएको थियो । अहिले कार्की निषेधित क्षेत्र भन्दा बाहिर अनसनमा बसेका छन् । त्यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ।   निषेधित क्षेत्रमा अनसन बस्न प्रतिबन्ध लगाइएकोले नियन्त्रणमा लिइएको थियो , अहिले निषेधित क्षेत्र भन्दा बाहिर अनसन थालेकोले त्यहाँ कुनै समस्या नभएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।