गोदावरी नगरपालिका भित्र एक बर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा गरेका कामको समीक्षा गरेको छ । बर्ष दिनमा गरेका कामको समीक्षा तथा आगामि बर्षका कार्य योजनाका बारेमा पनि छलफल भएको हो । समीक्षा कार्यक्रममा नगरपालिकाको गाउँबस्तीमै पुगेर जनताकै लागि स्वास्थ्य सेवा कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल भएको थियो । नगरपालिकाले स्वास्थ्य सेवाको स्तरोन्नतिका साथै नगर पालिका भित्र रहेको अस्पतालको स्तर बृद्धीका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो ।
“नियमित स्वास्थ्य कार्यक्रम सञ्चालन देखि जनतालाई प्रत्यक्ष रुपमा सेवा दिनका लागि योजनाबद्धरुपले पूर्वाधार, उपकरण व्यवस्थापन र जनशक्ति परिचालन गरेर स्वास्थ्य क्षेत्रको विकासमा जोड दिएको प्रमुख अतिथी नगर प्रमुख गजेन्द्र महर्जनले बताए । नगरपालिकाले १४ वटा वडा हरुमा रहेका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र बाट चिकित्सक सहितको सेवा सन्चालन गरि रहेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १२ मा नगर स्तारिय प्रयोगशाला तथा आखा उपचार केन्द्रको स्थापना गरिरेहेको र जेस्ठ नागरिक हरुलाई सुगर प्रेसर लगायत रोगको औषधी निशुल्क रुपमा स्वास्थ्य संस्था हरुबाट वितरण गरिहेको समिक्षा कार्यक्रममा जानबारी गराइयो । साथै आगामी बर्ष नेपाल क्षयरोग निवारण संस्था र मानब अंग प्रत्यारोपण संस्था संगको सहकार्यमा डायलासिस सेवा संचालन गर्ने सम्झौता समेत गरको नगर प्रमुख गजेन्द्र महर्जनले बताए ।
कार्यक्रममा खोप सेवा, परिवार नियोजन ,नसर्ने रोग ,पोषण र ल्याब लगायत सेवा को प्रगति समिक्षा गरिएको स्वास्थ्य शाखा प्रमुक तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रेवती राज कार्कीले बताए ।
नगरपालिकाले आमा र बच्चाको स्वास्थ्य सेवा तथा ल्याब सेवा तथा आँखा तथा निशुक्क टि.टि. खोप प्रदान गरिरहेको ठेचो स्वास्थ्य चौकी प्रमुख श्री केशब कुमार खड्काले बताए । कार्यक्रममा सम्पूर्ण स्वास्थ्य चौकी प्रमुखहरुले आफ्नो आफ्नो स्वास्थ्य संस्थाको प्रगति बिबरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य साखाका जन स्वास्य निरीक्षक दामोदर गौतम ले गरेका थिए ।