इटहरी ।  विश्व आर्दश एकेडेमीको आयोजनामा प्रथम  जुनियर ओपन टेवल टेनिस टुनामेन्ट सम्पन्न भएको छ । 

विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाललापमा सहभागी गराउने उदेश्यले विभिन्न  खेलकुदका कार्यक्रमहरु संचालन गर्दै आएको हो । 

शनिबार र आइतबार भएको खेलमा इटहरीमा रहेका सामुदायिक तथा निजी २१ वटा विद्यालयका १२४ जना विद्यार्थीहरुको  सहभागितामा रहेको थियो  । 

सोही खेलमा अन्डर ठटिन गल्स तर्फ प्रथम ग्रीनपिस एकेडेमकी रितिका रेग्मी, द्धितिय विश्व आर्दश एकेडेमीकी प्रसिधि निरौला त्रितिय इटहरी मोडल स्कुलकी सम्रिद्धि दाहाल र पाथिभरा स्कुलकी रोनि सापकोटा रहेकी छिन ।

 यस्तै अन्डर १३ ब्वाइज तर्फ विश्व आर्दश एकेडेमीका प्रज्वल कार्की प्रथम, कोशी सेन जेम्स स्कुलका आसुतोस कोइराला,  द्धितिय, कस्तुरी एकेडेमीका प्रिन्स नेपाल त्रितिय भएका छन भने अन्डर फिप्टिन गल्स तर्फ प्रथम जनता मा वि की सुधा पोखे्रल, द्धितिय ग्रीनपिस एकेडेमीकी सिद्धि अधिकारी, त्रितिय विश्व आर्दश एकेडेमीकी प्रसिता सिह र कस्तुरी एकेडेमीकी प्रकृति नेपालले उपाधी जित्न सफल भइन । WhatsApp Image 2024-08-18 at 18.18.40 1

त्यस्तै अन्डर फिप्टिन ब्वाइज तर्फ प्रथम विश्व आर्दश एकेडेमीका आर्दश भट्टराइ, द्धितिय एस ओ एस स्कुलका  आर्यन  भट्टराइ, त्रितिय कस्तुरी एकेडेमीका जवाल बस्याल र कस्तुरी एकेडेमीकै  स्वर्निम कार्की  भएका छन । 

 ओपन गल्स तर्फ इटहरी इन्टरनेशनलकी श्रेया शाक्य प्रथम, सुयसा राई द्धितिय,र विश्व आर्दश एकेडेमीकी जेनिसा चौधरी र इटहरी इन्टरनेशनलकी तनुजा सुवेदी तेसो्र भएका थिए । 

यस्तै, ओपन ब्वाइज तर्फ प्रथम कस्तुरी एकेडेमीका संजीत पोखे्रल , द्धितिय विश्व आर्दश एकेडेमीका प्रतिक दाहाल, त्रितिय विश्व आर्दश एकेडेमीका विसाल कट्वाल र आर्दश कार्की त्रितिय भएका थिए । WhatsApp Image 2024-08-18 at 18.18.38 1

सो खेलको कोचको भुमिका टेवर टेनिस एकडेमीका अध्यक्ष राजेश भट्टराईले गरेको  विश्व आर्दश स्कुलका खेल संयोजक फडिन्द्र खड्काले जानकारी दिए ।

स्कुलले १६ जना अतिरिक्त क्रियाकलापका शिक्षकहरु राखेर विद्यार्थीहरुका लागी खेलकुद,योग,गायन,नृत्य लगायतमा पनी शिक्षा पददै आएको स्कुलका प्रिन्सिपल गणेश कुमार दुलालले जानकारी दिए ।  

टुनामेन्ट समापन कार्यक्रमका प्रमुख अतिथी इटहरी ४ का वडा अध्यक्ष भक्त लामाले यो स्कुलले विद्यार्थीहरु लाई खेलको क्षेत्रमा पनी दक्ष बनाउने उदेश्यले आयोजना गरेको खेलले विद्यार्थीहरुमा खेल प्रति उत्साह थपेको बताएका छन  । 

समापन कार्यक्रम लेखनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।