इटहरी । जनता माध्यमिक विद्यालय इटहरीमा अध्यनगरेका ४३ सालका एस.एल.सी ब्याजी समुहले  ग्रासरूट फुटबल तालिममा सहभागी साना खेलाडीहरुका लागी नास्ता व्यवस्थापन कार्यक्रम सुरु गरेको छ । 

समुहले ४३ सालका एस.एल.सीका समकक्षी स्व.सुरेश राई र कुन्दन देवानको सम्झनामा 

प्रत्येक शनिबार हुदै आएको ग्रासरूट फुटबल तालिमका साना खेलाडीहरु लाई ६ हप्ताका लागी नास्ता व्यवस्थापन कार्यक्रमको आयोजना गरेको हो । 

राष्ट्रिय जागृति क्लब,इटहरी फुटबल क्लब र ब्वाइज फुटबल क्लबद्वारा संचालन भइरहेको  ग्रासरूट फुटबल तालिममा सहभागी सना साना बाबुहरु लाई यो सानो हाम्रो प्रयासले खेल प्रति अझ उत्साह थप्ने भएकाले खाजाको कार्यक्रम गरेको समुहका संयोजक रोहित प्रसाईले बताए 

सोहि अवसरमा इटहरीका राष्ट्रिय जागृति क्लब इटहरी फुटबल क्लब र ब्वाइज फुटबल क्लबको संयुक्त आयोजना,तथा इटहरी वडा नम्बर ६ को सहयोगमा तिन महिना आगाडी देखि सुरु भएको ग्रासरूट फुटबल तालिम लाई निरन्ता दिदै जाने आयोजकले जनाएको छ । WhatsApp Image 2024-08-17 at 16.23.50

राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्त बहादुर डुम्जनले इटहरीलाई फुटबल खेलाडीहरुको हव बनाउने उदेश्यले हो र राष्ट्रिय खेलमा इटहरी बाट प्रमोड भएर सहभागी भइसकेका छन भने अझै खेलाडीहरु बढी उत्पादन गर्ने उदेश्यले क्लबहरुले  ग्रासरूट तालिम भइरहेको बताउछन । 

आज जनता माविका ४३ सालका एस.एल.सी ब्याजी समुहले बच्चाहरुको भोक प्यास लाई मध्यनजर गरेर खाजाको ब्यवस्था गरेर अझ हौसला बढेको क्लबका अध्यक्ष डुम्जनले बताए । WhatsApp Image 2024-08-17 at 16.23.49 (1)

सोही कार्यक्रममा तालिमका खेलाडिहरूको क्षमता अभिवृद्धि गराउने अभियान सहित खेलाडिहरुका लागी स्थानिय समाजसृवी पुर्ण राईले १० थान फुटबल दिने घोषण गरेका छन् । 

तलिममा एक सय पचाँस जना बालकहरु लाई कोचहरु श्याम मानन्धर,राजकुमार श्रेष्ठ,संदिप थापाले प्रशिक्षण गराइ रहेका छन् ।   खाजा वितरण कार्यक्रममा समाजसेवीहरु अनन्त विष्ट,धर्मेन्द्र श्रेष्ठ ,भाईसन बर्देवा,विवित घिमिरे,रेवती दुलाल लगायतले वितरण गरेका थिए ।