इटहरी । प्रथम अन्तर प्रदेशिय महिला ह्वीलचियर बास्केटबल प्रतियोगिताको उपाधी कोशी प्रदेशले जितेको छ ।

इटहरीमा दुई दिन सम्म भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ५ का बिरुद्ध ८ स्कोरले पराजित गर्दै कोशी प्रदेशले उपाधी हात पारेकोे हो । 

पहिलो क्वाटरमा २–२ को बराबरी स्कोर जोडेको कोशीले दोस्रो क्वाटरमा २–० को अग्रता कायम गरेको थियो । 

तेस्रो क्वाटरमा लुम्बीनीसंग ३–२ स्कोरले पछी परेको कोशीले अन्तिम क्वाटरमा २–० को स्कोर निकाल्दै बिजेता बन्न सफल भएको हो ।

स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजना तथा सामाजिक विकास मन्त्रालय प्रदेश खेलकुद विकाश बार्डको मुख्य सहयोग र करुणा फउण्डेशन नेपाल र इटहरी उप महानगरपालिकाको सहकार्यमा आयोजनामा भएको उक्त सम्पन्न प्रतियोगिताको बिजेता कोशीले उपाधीसंगै नगद ३० हजार ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो  ।WhatsApp Image 2024-06-30 at 15.23.26

उपबिजेता लुम्बिनी प्रदेशले २५ हजार नगद ट्रफी,मेडल र प्रमाणपत्रले पाएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशले तेस्रो स्थानमा हासिल गर्दै २० हजार नगद, ट्रफी,मेडल र प्रमाणपत्रले गरिएको छ ।

 प्रतियोगितामा कोशी प्रदेशकी रजनी राई उत्कृष्ट खेलाडीसंगै हाइस्कोर घोषित भइन । 

दुई दिनसम्म चलेको प्रतियोगितामा मधेश प्रदेश बाहेक ६ वटै प्रदेशको सहभागीता रहेको थियो । 

अन्य सहभागी टिमलाई नगद ४ हजार सहित सानत्वना पुरस्कार विरण गरिएको स्पाइनल ईन्जुरी संघका अध्यक्ष विक्रम घिमिरे जानकारी दिए । 

कार्यक्रममा ह्वीलचियर नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।