इटहरी । कोशी प्रदेश तेक्वान्दो संघ नेपालको दोस्रो साधारण सभाको अवसर पारेर दक्षताका आधारमा प्रदेशमा प्रथम ,दोस्रो तथा तेस्रो हुने जिल्लालाई सम्मान गरिएको छ ।

    सुनसरीको इटहरीमा कोशी प्रदेश तेक्वान्दो संघ नेपालको दोस्रो साधारण सभाको उदघाटन सत्रमा खेलाडी उत्पादन , मेडल प्राप्त गरेको आदि दक्षताका आधारमा सुनसरी प्रथम झापा दोस्रो र मोरगं जिल्लालाई तेस्रो घोषणा गर्दै सम्मान गरिएको हो ।WhatsApp Image 2024-01-20 at 17.32.49

   कोशी प्रदेश तेक्वान्दो संघ नेपालका उपाध्यक्ष देशवन्धु कार्कीको संयोजकत्व रहेको साधारणसभाको अध्यक्षता अध्यक्ष शैलेश कुमार विष्ट तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आथित्यमा भएको थियो ।WhatsApp Image 2024-01-20 at 17.32.48

कार्यक्रममा तेक्वान्दो संघ नेपालका उपाध्यक्ष मानवहादुर चन्द , महासचिव दिपराज गुरुगं कोशी प्रदेश इञ्चार्ज विजय न्यौपाने,इटहरी जेसिजका अध्यक्ष सुमन सुबेदी लगायतका अथितीहरुले तेक्वान्दो खेलका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका तेक्वान्दो संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।