इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

     प्रतियोगिताको इटहरी उपमहानगरपालिका वडा नम्बर १७का वडाध्यक्ष तथा प्रतियोगिता उदघाटन कार्यक्रमका प्रमुख अथिती प्रभातकुमार आचार्यले एक कार्यक्रमका विच उदघाटन गरे ।

   सुनसरी जिल्लाका विभिन्न १२वटा क्लवको सहभागिता रहने प्रतियोगिताको उदघाटन आयोजक सगरमाथा युवा क्वल इटहरी १७का अध्यक्ष मोहमद इसराफिल हुसैनको अध्यक्षतामा भएको थियो ।WhatsApp Image 2024-01-16 at 17.31.29 (1)

उदघाटन खेलमा इनरुवा क्रिकेट क्लव इनरुवा र पचरुखी क्रिकेट क्लव इटहरी विच भएको छ । प्रतियोगिताको विजयी टिमले २५हजार नगद सहित शिल्ड प्रमाण पत्र हात पार्ने छ भने उपविजेता टिमले १५हजार नगद सहित प्रमाण पत्रमा चित्त वुझाउनु पर्ने जानकारी सो अवसरमा जानकारी गराइयो ।WhatsApp Image 2024-01-16 at 17.31.28

सोही कार्यक्रममा पुर्व राष्ट्रिय फुटवल खेलाडी प्रवेश कुँवर र पुर्व अन्तराष्ट्रिय तेक्वाण्दो खेलाडी असिम मोहमदलाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष आचार्यले खेडालीहरुलाई प्रोत्साहनका लागि प्रतियोगिता आयोजनाले सहयोग पुर्याउने वताए । उदघाटन कार्यक्रममा जिल्ला क्रिकेट संघ सुनसरीका अध्यक्ष चेतनाथ पौडेल लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।