इटहरी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको टिम तयार पार्ने उद्धेश्यले सुनसरीको इटहरी र भोक्राहानरसिंहमा छनौट चरणको प्रतियोगिता आयोजना गरिने भएको छ ।

     यही पौष २७ गते काठमाडौ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको टिम तयार पार्न यही पौष १९ गते देखि २५ गते सम्म सुनसरीको इटहरीमा जनता क्रिकेट पार्क र भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ४मा रहेको डाक्टर खलिल आजाद खेल मैदानमा छनौटका लागि प्रतियोगिता गराइने भएको हो ।

   कोशी प्रदेश क्रिकेट संघको संयोजन तथा सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने छनौट चरणको खेलका विषयमा पत्रकार सम्मेलन गरि जानकारी गराइयो । WhatsApp Image 2024-01-03 at 16.16.07प्रतियोगितामा सुनसरी क्रिकेट संघ , मोरगं क्रिकेट संघ , झापा क्रिकेट संघ र इलाम क्रिकेट संघको टिम सहभागी हुने सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल सिपीले जानकारी दिए । छनौट प्रतियोगिता आसीसी नियम अनुसार खेलाईने लिग तालिका अनुसार प्रथम र द्धितिय छनौट गरिने , म्यान अफ द सिरिज ,सर्वाेत्कृष्ट ब्याट्स म्यान , सर्वोत्कृष्ट बलर ,राइजिङ प्लेयर , मेन अफ द म्याचलाई ट्रफि तथा नगद पुरस्कार समेत प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइयो । प्रतियोगिताबाट १४ जना खेलाडी छनौट हुने कार्यक्रम संयोजक अफजल हुसेनले जानकारी दिए । प्रतियोगिताका विषयमा जानकारी गराउन  आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे , जिल्ला उपाध्यक्ष संजिव ढुंगाना लगायतको सहभागिता रहेको थियो ।