सुन्दरहरैचा । नगर क्षेत्रमा रहेका सामुदायिक तथा सस्थागत विद्यालयहरुको सहभागितामा मोरङको सुन्दरहरैचा नगरपालिकामा सञ्चालन भई रहेको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम सुन्दरहरैचा स्पोटस् मिट सम्पन्न भएको छ ।

   सुन्दरहरैचा नगरपालिका क्षेत्रमा रहेका ४४वटा  सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३०वटा विद्यालयले मेडल हासिल गर्दै प्रतियोगिता समापन भएको हो ।WhatsApp Image 2023-12-26 at 17.37.11

   विद्यार्थीहरुमा रहेको खेलकुद क्षमताको उज्जागर गर्ने उद्धेश्यले नगर खेल विकास समिति सुन्दरहरैचाको आयोजना गरेको पाँचौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुर्वाञ्चल एकेडेमी , सिद्धार्थ सेकेण्डरी स्कुल , जुपिटर इगलिस स्कुल , सुकुना माध्यमिक विद्यालय ,जनता मावि लगायतका ३०वटा विद्यालयले विभिन्न मेडलहरु हात पारेका थिए । WhatsApp Image 2023-12-26 at 17.37.13प्रतियोगितामा शिल्ड तथा मेडल प्राप्त गर्ने विद्यालय तथा विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतम , कार्यक्रमका अध्यक्ष तथा सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाई , खेलकुद विकास समिति सुन्दरहरैचाका सदस्य सचिव खड्गवहादुर श्रेष्ठ , सुन्दरहरैचा नगरपालिका उपप्रमुख अकलीदेवी चौधरी लगायतका अतिथीहरुले पुरस्कार प्रदान गरेका थिए ।  त्यसै गरी यही पुस ५गतेबाट सुरु भएको प्रमथ सुन्दरहरैचा स्पोट मिट पनि समापन भएको छ  ।