सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

  नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका विच सुन्दरहरैचाको रंगशालामा गरेका हुन ।

  नगर खेल विकास समिति सुन्दरहरैचाको आयोजनामा सुरु भएको खेलकुदले सुन्दरहरैचा क्षेत्रका विद्यार्थीहरुको क्षमतालाई उज्जागर गर्ने भएकाले नगरपालिकाले प्रतियोगिताका लागि निरन्तर सहयोग उपलव्ध गराउने सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाईले जानकारी गराए । नगरप्रमुख गुरागाईले १९ वर्ष मुनीका फुलवल खेलाडीहरुलाई तालिमको व्यवस्था नगरपालिकाले गर्ने समेत जनाए ।IMG_20231223_184202

प्रतियोगितामा नगरक्षेत्रमा रहेका ४४वटा विद्यालयहरुको सहभागिता रहने र १८ वर्ष मुनिका विद्यार्थीहरुले सहभागिता जनाउने नगरपालिकाकी उपप्रमुख अकलदेवी चौधरीले वताइन । पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस १० गते विजयी विद्यार्थी साथै विद्यालयलाई पुरस्कार वितरण गर्दै समापन हुने जनाइयो । यही पुस ५गतेबाट सुरु भएको सुन्दरहरैचा स्पोट मिट पनि यही पुस १० का दिन नै फाइनल खेलको आयोजना गरि समापन गरिने समेत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन कार्यक्रममा जानकारी गराइयो । उदघाटन कार्यक्रममा कोशी प्रदेशका पुर्व मन्त्री राजकुमार ओझा , सुन्दरहरैचा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्बीका प्रसाद चौलागाई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।