इटहरी । सुनसरीको इटहरीमा अन्तर विद्यालय टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।  इटहरी टेबल टेनिस एकेडेमीले आयोजना गरेको अन्तर विद्यालय  टेबल टेनिस प्रतियोगिता इटहरी रंगशालाको कवर्डहलमा सम्पन्न भएको हो ।

अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता इटहरी टेबल टेनिस एकेडेमीका अध्यक्ष राजेश भट्टराईको अध्यक्षता तथा  समाजसेवी आकाश सुब्बाको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगिता अन्तरगत सब जुनियर ब्वाईज तर्फ विश्व आदर्श एकेडेमीका  प्रिन्जल कार्की प , जुनियर ब्वाईज तर्फ कस्तुरी एकेडेमीका आदर्श भट्टराई र जुनियर गल्र्स तर्फ जनता माविकी सुधा पोखरेल बिजेता बन्न सफल भएका थिए ।

त्यसै गरी  उत्कृष्ट खेलाडीमा जुनियर ब्वाईज तर्फ पशुपति स्कुलका  दर्पण खड्का र गल्र्स तर्फ ग्रिन पिस एकेडेमीकी रितु गुरुङ घोषित भए । प्रतियोगिताका विजयी तथा उत्कृष्ट खेलाडी हुन सफल विद्यार्थीहरुलाई शिल्ड , मेडल तथा प्रमाण पत्र प्रदान गरिएको इटहरी टेबल टेनिस एकेडेमीका  सचिव युगप्रिय निरौलाले जानकारी गराए । प्रतियोगिता समापन कार्यक्रममा इटहरी टेबल टेनिस एकेडेमी कोषाध्यक्ष सुरेश नेपाल लगायतका अतिथीहरुको समेत सहभागिता रहेको थियो ।