इटहरी । ३२औं अन्तराष्ट्रिय अपागं दिवसको अवसर पारेर सुनसरीको इटहरी उपमहानगर पालिका २० तरहरामा आयोजना गरिएको व्हीलचियर बास्केटवल प्रतियोगिताको उपाधि  झापाले उचालेको छ ।

  स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले आयोजना गरेको सातौं व्हीलचियर बास्केट बल प्रतियोगितामा झापा टिम प्रमथ भएको हो ।

आयोजक सुनसरी टिम दोस्रो र मोरगं टिम तेस्रो भएको बन्न पुगेको थियो । झापा ,मोरगं, सुनसरी र संखुवासभा जिल्लाका व्हीलचियर प्रयोगकर्ताहरुको टिमको सहभागिता रहेको सो प्रतियोगितामा झापा पहिलो बन्न सफल भयो ।Apangata Baliboll -Itahari  (16)

स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष विक्रम घिमिरेको अध्यक्षता तथा इटहरी उमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिता उदघाटन गरिएको थियो भने समापन कार्यक्रममा विजयी टिमहरुलाई कोशी प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वाग्लेले पुरस्कार हस्तान्तरण गरेका थिए ।Apangata Baliboll -Itahari  (3)

प्रयोगितामा प्रथम ,द्धितिय ,तृतिय र शान्त्वना हुने टिमलाई क्रमश १०हजार ,८हजार , ५हजार र ४ हजार नगद सहित ट्रफि , मेडल प्रदान गरियो । प्रतियोगिता इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा करुणा फाउण्डेशनको सहकार्यमा सञ्चालन गरिएको अध्यक्ष घिमीरेले जानकारी गराए । विगत सात वर्ष यता देखि स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले व्हीलचियर बास्केटल वल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।