इटहरी । नगरपालिकाबाट इटहरी उपमहानगरपालिकामा स्तरोन्ती भएको अवसर पारेर आयोजित  फुडसल प्रतियोगिताको उपाधी आयोजक वडा नम्बर ६ले जितेको छ ।

  फाईनलमा  लेखा ,सामाजिक विकास तथा राजस्व शाखाको संयुक्त टिमलाई हराउदै ६ वडा नम्बर ६–२ गोलले हराउदै वडा नम्बर ६ले उपाधि हात पारेको हो ।

  सेमिफाईनलमा वडा नम्बर १लाई हराउदै वडा नम्बर ६ फाइनल प्रवेश गरेको थियो भने वडा नम्बर १५र १६को संयुक्त टिमलाई हराउदै लेखा ,सामाजिक विकास तथा राजस्व शाखाको संयुक्त टिम फाइनल प्रवेश गरेको थियो ।

उपाधी जितेको वडा नम्बर ६ले नगद २५ हजार सहित शिल्ड प्रमाण पत्र हात पारेको थियो भने उपविजेता लेखा ,सामाजिक विकास तथा राजस्व शाखाको संयुक्त टिमले १५हजार नगद र प्रमाण पत्रमा चित्त बुझाएको थियो ।20231202_085647

प्रमथ हुने वडा नम्बर ६लाई वडा नम्बर १का वडाध्यक्ष रतन कार्की , वडा नम्बर ३का उमेश सुवेदी र वडा नम्बर ५का वडाध्यक्ष भिष्मकुमार घिमीरेले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए भने दोस्रो हुने लेखा ,सामाजिक विकास तथा राजस्व शाखाको संयुक्त टिमलाई आयोजक वडा नम्बर ६वडाध्यक्ष दिवस पोखरेलले पुरस्कार वितरण गरेका थिए ।20231202_084332 1

मंसिर १६ गते नगरपालिकाबाट इटहरी उपमहानगरपालिकामा स्तरोन्नती भएको दिनको अवसर  पारेर इटहरीका २०वटै वडा तथा शाखाहरुको सहभागिता रहने गरी  जनप्रतिनिधि तथा कर्मचारीहरुले खुसीयाली साटासाट सहित आपसी सदभाव कायम गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको वडा नम्बर ६का वडाध्यक्ष तथा प्रवक्ता दिवस पोखरेलले जानकारी दिए ।

वडा तथा शाखा स्तरीय प्रतियोगिता आयोजक वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको अध्यक्षता तथा नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा उदघाटन कार्यक्रम भएको थियो ।