इटहरी । हेटौडामा आयोजना हुने प्रथम राष्ट्रिय तेक्वाण्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने इटहरीका खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।

  इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी लगायतले प्रतियोगितामा सहभागी हुने खेलाडी लगायतलाई विदाई गरेका हुन ।WhatsApp Image 2023-11-01 at 16.03.38

 यही कार्तिक १७ र १८ गते राष्ट्रिय तेक्वाण्दो संघ नेपालले आयोजना गर्न लागिको प्रतियोगितामा इटहरीबाट विभिन्न तौल समुहका २१ जना खेलाडीले सहभागिता जनाउने भएका छन । प्रतियोगिताका लागि जाने २१ जना खेलाडी सिनियर रेफ्रि खगेन्द्र कटुवाल र प्रशिक्षक ज्ञानेन्द्र विक लगायतलाई प्रतियोगितामा विजय हासिल गर्न शुभकामना सहित विदाई गरियो । प्रतियोगितामा सहभागी हुन जाने खेलाडी ,रेफ्री तथा प्रशिक्षकलाई राष्ट्रिय तेक्वाण्दो संघ नेपाल इटहरीले विदाई कार्यक्रम गरेको हो । विदाई कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष उमेश सुवेदी , वडा नम्बर ६ का निवर्तमान वडाध्यक्ष दिपक गौतम र राप्रपा नेपालका इटहरी अध्यक्ष आकास सुब्बा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।