इटहरी। इटहरी वडा नं. २० मा भएको प्रथम वडाध्यक्ष ब्याडमिन्टन अन्तर सदस्य प्रतियोगितामा ‘ए’ टीमको खेलमा देवराज अधिकारी र चन्द्रबहादुर तामाङ्को जोडी प्रथम भएको छ । अधिकारी र तामाङ्को जोडीले रमेश लामिछाने र जय खड्काको टोलीलाई हरायो । यस्तै, ‘बी ’ टीमबाट धनकुमार राई र समध्वज राईको जोडी प्रथम भएको छ । यो जोडीले मणीराम श्रेष्ठ र भरत चुम्लुङ् राईको जोडीलाई हरायो । यस्तै, ‘सी’ टीमबाट हर्कराज राई र कौसिला राईको जोडी प्रथम भयो ।

राई द्दयको जोडीले पदमबहादुर लामा र किशोरकुमार राईको जोडीलाई हरायो । इटहरी वडा नं. २० वडा कार्यालय र इटहरी उपमहानगरको आर्थिक सहयोगमा प्रतियोगिता भएको क्लबका अध्यक्ष मेम कुमार राईले बताए ।। सोही अवसरमा जनस्तरबाट निर्माण भएको कवर्डहल पनि उद्घाटन गरियो । सो कवर्डहलको वडा नं. २० का वडाध्यक्ष मणीराम श्रेष्ठले उद्घाटन गरे ।