इटहरी । विवेकशील साझा पार्टीको प्रथम कोशी प्रदेश अधिवेशनले  सुदन श्रेष्ठ अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सुनसरीको इटहरीमा यही असोज १३ गते सुरु भएको विवेकशील साझा कोशी प्रदेश अधिवेशनले सर्वसम्मत रुपमा सुदन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाँई सुवेदीलाई चयन गरेको निर्वाचन समितिका प्रमुख अजीत  खड्काले जानकारी दिए। नयाँ कार्यसमितिको सदस्यहरुमा  इन्द्रनारायण साह, टंक फुयाल, कमल कार्कीढोली, सन्ध्या दाहाल, भुवन थापा ,मनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल रहेका छन । “पहिचानको सम्मान, सहिष्णुताको संबर्धन“ भन्ने नाराका साथ विवेकशील साझा पार्टीको अधिवेशन सम्पन्न भएको र यस अघि बागमती प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको थियो । गत वर्ष माघ महिनामा विवेकशील साझा पार्टीको संघीय अधिवेशन सम्पन्न भएपछि प्रदेश अधिवेशन गरिदै आएको छ ।386468525_1067531570905054_7246122213732144067_n384530074_817282690133416_7687318751109346240_n384530599_798197432057919_1518896486082021103_n384530029_1001105334491083_2657954919458170283_n384528938_1040872783576542_3761864514973561900_n384530639_1016941996016768_2075335742741674579_n