राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताउनुभएको हो ।  मंगलवार प्रतिनिधि सभा अन्तरर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताउनु भयो ।

सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने बताउनु भयो । डा.वाग्लले जलविद्युतको समग्र हेर्दा कुल गार्हस्थ्य  उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताउनु भयो । उहाँले ३ हजार मेगावाट जडित क्षमतामा १ प्रतिशत मात्रै भएको भन्दै सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताउनु भयो । डा.वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति समितिलाई दिन काम गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति के छ । त्यो असोज,कात्तिकमा नै आउनुपर्ने थियो । त्यसको कार्य प्रगति अर्थसमितिलाई दिनुपर्छ । भारतका मधेसप्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँमा दिएर पठाएका भारतीय प्रर्यटकहरु हवाई उडानमार्फत आइरहेको छ । चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको छ । औषतमा यस्ता कुराहरु लुक्छन् । सरकारले पत्रपत्र केलाएर दीर्घकालिन रुपमा जाने हो की ४० डलर खर्च गर्ने गरी ल्याउनुपर्छ । सरकारले आशावादको आधार जलविद्युत र निर्यात वृद्धि मान्नु भएको छ । जलविद्युतको समग्र हेर्दा कुल ग्राहस्र्थ उत्पादनमा जम्मा १ प्रतिशत मात्रै छ । ३ हजार मेगावट जडित क्षेमतामा १ प्रतिशत मात्रै हो । सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्छ । उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्छ । वितीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि चल्दै आएको छ । व्यक्तित्वको टकरावले सम्पूर्ण राज्यको नीतिलाई बन्धक बन्न हुँदैन ।’

उहाँले भारतका मधेस प्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँ दिएर पठाएका भारतीय पर्यटकहरु हवाई उडानमार्फत आइरहेको बताउनु भयो । उहाँले नेपालमा भारतमा चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको बताउनु भयो ।