विराटनगर । ‌नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व छान्न भएको निर्वाचको पहिलो मतपरिणाम सार्वजनिकन भएको छ । पहिलो चरणको मतपरिणाममा अध्यक्ष केपी ओली निकट भनिएका घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

उनले १४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विनोद ढकालले १२१ मत प्राप्त गरेका छन् । आधिकारिक घोषणाा भने हुन बाँकी छ ।