इटहरी/ सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।  कार्यक्रममा सुरक्षित गर्भपतनको अवस्था, सुरक्षित गर्भपतन सम्बन्धी समाजको धारण, सुरक्षित गर्भपतन सम्बन्धी सूचीकृत स्वास्थ्य संस्था,अन्य सरोकारवाला पक्षले हालसम्म सुरक्षीत गर्भपतनको क्षेत्रमा खेल्दै आएको भूमिकाको बारेमा छलफल भएको थियो ।   

 नेपाल परिवार नियोजन संघ, सुनसरी शाखा परिवार स्वास्थ्य केन्द्र, इटहरीको प्रमुख सुजन काफेलेले संस्थाले गरेका कामको बारेमा जानकारी दिनुभएको थियो । उहाँले महिलाको प्रजनन् अधिकार र सुरक्षित गर्भपतनको विषय आपसमा अन्तर सम्बन्धित रहेको बताउँदै अबैध रुपमा हुने गर्भपतन न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

  कार्यक्रममा सहभागी नागरीक समाज इटहरीको अध्यक्ष बालीका भटराईले जनचेतनाको अभाव र सम्बन्धित व्यक्तिको आर्थिक सामाजिक धारणाका कारण अबैध गर्भपतन गर्ने क्रम रहेका कारण त्यसलाई जनचेतनामुलक  कार्यक्रमहरु संञ्चालन गर्नुपर्ने जोड दिनुभयो । 

असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्य जोखिममा पर्नसक्ने भन्दै गर्भपतनलाई महिलाको अधिकारका रुपमा बुझ्नुपर्ने    इटहरी उद्योग वाणिज्य सघंकी कार्यसमिति सदस्य मिना ढकालले बताउनुभयो । सुरक्षित गर्भपतन अधिकारको निम्तिः निरन्तर सहकार्य, ऐक्यबद्धता र न्याय हुनुपर्ने सहभागीहरुको धारण रहेको थियो । कार्यक्रम नेपाल परिवार नियोजन संघ, सुनसरी शाखा परिवार स्वास्थ्य केन्द्र, इटहरीमा सम्पन्न भएको छ ।