विराटनगर, १० असोज ।  पटक पटक डाक्टरहरु कुटिएको विरोधमा विराटनगरमा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन । 

वुधवार विराटनगरको शनिहाट चोकमा भेला भएका चिकित्सकहरुले नाराबाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । चिकित्सकहरुलेस् वास्थ्यकर्र्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०७९ कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन ।

 चिकित्सक कुट्न पाइदैन, दोषीलाई कारवाही गर, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर जस्ता नारा लगाउदै निस्किएको विरोध ¥याली पछि जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाइएको थियो ।