इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरले आयोजना गरेको पृतनापति ट्रफि २०८० अन्तरगत विभिन्न आठ वटा खेलकुद प्रतियोगिताको फुटवल खेलको फाइनलसंगै प्रतियोगिता सम्पन भएको छ ।

     विभिन्न आठ वटा खेलकुद प्रतियोगिता समावेश गरि आयोजना गरिएको पृतनापति ट्रफि २०८० अन्तरगत अन्तिम खेल पूर्वी पृतना हेडक्वाटरको खेल मैदानमा भएको फुटवल प्रतियोगिताको फाइनल सहित पृतनापति डाक्टर आशवहादुर तामाङको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

   प्रतियोगिता अन्तरगत भएको फुटवलको फाईनलमा श्री  नम्बर २१  वाहिनी मातहतको अरिदमन गण झापालाई एक शुन्य गोलले  हराउदै श्री  नम्बर २ वाहिनी मातहतको नयाँ श्री नाथ गण भोजपुर फुटवल तर्फको विजयी वन्न सफल भएको छ  । WhatsApp Image 2023-08-30 at 15.00.05 (1)

फुटवलको फाईनलमा विजेता नयाँ श्री नाथ गण भोजपुरका खेलाडी रितेश लिम्बुले गरेको एक गोल नै निर्णायक गोल वन्न पुगेको थियो ।

  पृतनापति ट्रफि २०८० प्रतियोगिता अन्तरगत  फुटवल , भलिवल , बास्केटवल , तेक्वाण्दो , बक्सिङ, एथ्लेटिक्स, सुटिङ, र स्विमिङ समावेश गरिएको थियो । 

यहि भाद्र ५ गते देखि सञ्चालन भई रहेका प्रतियोगितामा श्री नम्बर २१वाहिनी अड्डा प्रथम , श्री नम्बर २ बाहिनी अड्डा द्धितिय र श्री नम्बर १८ वाहिनी अडडाले तृतिय स्थान हासिल गर्न सफल भए । WhatsApp Image 2023-08-30 at 14.59.49

समापन कार्यक्रममा खेलाडीहरुलाई प्रमाण पत्र , मेडल वितरण गर्दै प्रमुख अतिथी नेपाली सेनाको पूर्वी पृतनापति डाक्टर आशबहादुर तामाङले खेलाडीहरुलाई अझ सफलताका लागि शुभकामना दिएका थिए ।

 प्रतियोगिता समापन कार्यक्रममा श्री नम्बर २ बाहिनीका बाहिनीपति सहायक रथी महेशकुमार थापा , श्री नम्बर २१ बाहिनीका बाहिनीपति सहायक रथी धनबहादुर थापा , श्री नम्बर १८ बाहिनीका बाहिनीपति मनोज बैदवार , सैनिक अस्पताल इटहरीका प्राविधिक सहायक रथी डाक्टर राजिवकुमार देव लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।vlcsnap-2023-08-30-16h01m40s530

 पृतनापति ट्रफि प्रतियोगिताबाट छनौट भएका खेलाडी तथा टिमले आगामी असोज महिनामा सञ्चालन हुने प्रधान सेनापति ट्रफि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन ।