इटहरी उपमहानगरपालिकाले अत्याधिक कर बढाएकोप्रती राष्ट्रिय प्रजातन्त्र पार्टि  (राप्रपा) इटहरी नगर कमिटीले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरसभाले पास गरेको अर्थ विधेयक र जनस्तरबाट उठेको कर वृद्धि सम्बन्धि विरोधको सुक्ष्म अध्ययन गर्दा, आगु गरिएको कर अस्वभाविक देखिएको राप्रपा नगर कार्यसमिती इटहरीको ठहर रहेको छ । 

नगरपालिकाले जनताले थेग्न नसक्ने गरी अत्याधिक कर बढाएको साथै व्यापारीहरु पलाएन हुने अवस्था रहेकाले गर्दा जनताले बहन गर्नसक्ने कर लागू गर्नुपर्ने राप्रपा इटहरी नगर कार्यसमितिका अध्यक्ष आकाश हाङ सुब्बाले बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै सम्पत्ति हुनेसङ्ग कर लिएर विपन्नलाइ सेवा सुविधा पुर्याउने उदेश्यले कर वृद्धि गरेको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताएका छन् । उनले जनताभन्दा मेयर ठुलो नहुने भएकाले कर समायोजन समितिको प्रतिवेदन नआउन्जेलसम्म जनतालाइ धैर्य गर्न आग्रह समेत गरेका छन् । बाइट....... मेयर हेमकर्ण पौडेल

कोरोना महामारी तथा हाल चलिरहेको आर्थिक मन्दिले आक्रान्त भएका नगरवासीहरुलाइ उक्त कर वृद्धिले पीडा माथी पीडा थपिएकाले यथाशीघ्र उक्त वृद्धि भएको करलाइ वैज्ञानिक ढङ्गबाट समायोजन गर्नका लागी राप्रपा नगर कार्यसमिति इटहरीले जोडदार माग गरेको छ ।