केही दिनयता देशका धेरै स्थानमा आँखा पाक्ने रोग फैलिरएको छ । यो रोग लाग्दा आँखा रातो वा पाक्ने हुने गर्दछ ।

यो रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्ने डाक्टरहरुको भनाइ छ। “यो रोगले हाम्रो आँखाकोमा सेतो भाग छ, सेतो भागभन्दा अगाडि र आँखाको जुन आइलिड छ, यो ढकनीभन्दा पछाडि एउटा झिल्लीजस्तो तह हुन्छ, त्यो तहलाई असर गर्छ,” ।

डाक्टरका अनुसार यो रोगका कारणहरू धेरै छन् । तीमध्ये एउटा इन्फेक्सन हो । “इन्फेक्सन भनेको हामीहरूको आँखामा सूक्ष्म जीवाणुहरूले असर गर्ने, जस्तो– ब्याक्टेरिया, भाइरस अथवा प्रोटोजल पर्छ,” “यिनीहरूबाहेक पनि हाम्रो आँखामा एलर्जी, अथवा धुलोधुवाँको असर र रासायनिक कुरा, केमिकल कुराहरू हाम्रो आँखामा पर्‍यो भने पनि यो समस्या हुनसक्छ ।”यो रोगका मुख्य लक्षणहरूमा आँखा पोल्ने, बिझाउने, आँसु धेरै आउने, आँखा रातो देखिने, सुन्निनेजस्तो हुने डाक्टरले जानकारी दिए । “त्यस्तै हामीहरूको आँखा बिहान उठ्दाखेरि टाँसिन सक्छ । र, हामीहरूको दैनिकभन्दा अलि धेरै कचेरा लाग्ने समस्या पनि हुनसक्छ,” “कचेराचाहिँ कसैकसैमा एकदम तरल पानीजस्तो हुन्छ भने कसैकसैमा पिपजस्तो पहेँलो पनि हुन्छ । कसैकसैमा चाहिँ रेसाजस्तो तन्किने खालको पनि हुनसक्छ । यो कुन खालको हुन्छ भन्नेचाहिँ हामीहरूको कुन कारणले गर्दाखेरि आँखा पाकेको हो, त्यसले फरक पार्छ ।”

मानिसमा आँखा पाक्ने रोग सुरु भइसकेपछि एकदेखि दुई हप्तामा आफैँ विस्तारै कम हुँदै जाने उनले बताए । “तर, हामीले यसलाई संक्रमण हुनबाट कसरी रोक्ने र आफूलाई कसरी जोगाउने भन्ने कुरा मुख्य समस्या हुनसक्छ,” उडाक्टर भन्छन । आँखा पाकेको मानिसलाई हेर्दैमा रोग नसर्ने उनले स्पष्ट पारे । त्यो बुझाइ ‘बिल्कुल गलत’ भएको उनले बताए । आँखा पाक्ने रोग आँसुबाट मात्र सर्ने उनले जानकारी दिए ।“आँखा पाक्ने सर्ने भनेको एउटै मात्र माध्यम भनेको आँसुबाट सर्छ । त्यही भएर हामीहरूले पाकेको आँखा छुन नहुने हो । र, अर्को भनेको हामीले छोइसकेपछि त्यसलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्छ,” उनले भने ।

यो रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उनले सुझाव दिए । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनले बताए ।“त्यस्तै, तपाईंहरूलाई हामीले आइसले आँखा सेकाउन अथवा बरफले आँखा सेकाउने भनेर सिकाएका हुन्छौँ । त्यसको निम्ति तपाईंहरूले आफ्नो घरमा भएको साधारण खानेपानीलाई आइस क्युब बनाएर अथवा बरफ बनाएर त्यसले आँखा सेकाउन मिल्छ,” उनले भने, “त्यो लिएको आइस क्युबलाई फाल्ने, अर्को आँखाको निम्ति नयाँ आइस क्युब लिएर फेरि आँखा सेकाउनुपर्छ ।”

चस्मा लगाएर उपचार गर्न सकिन्छ भन्ने गरिए पनि यो केही हदसम्म मात्र सही भएको उनले बताए ।

यो रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न र संक्रमितका सामान अरूले प्रयोग नगर्न प्रतिष्ठानले सुझाव दिएको छ ।