पुर्वपश्चीम राजमार्ग अन्तरगत इटहरी १७ बालग्राम चौकमा कार र मोटरसाइकल ठक्कर लाग्दा ४ जना घाइते भएका छन । 

आज बिहान ११ ५० मा बालग्राम चौकमा २ वटा मोटरसाइकल  र कार आपसमा ठक्कर लाग्दा ४ जना घाइते भएका हुन । आज पश्चीमबाट पुर्वतर्फ आउँदै गरेको प्र ३ ००५ प ४६७७ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चीमतर्फ जाँदै गरेको बा १७ स ९१०५ नम्बरको कार एक आपसमा ठक्कर लागी मोटरसाइकल उछीट्टीएर अर्को प्र १ ०२ ०४५ प ५०५६ नम्बरको मोटरसाइकल सँग ठक्कर लाग्दा २ जना गम्भीर घाइते हुनुका साथै थप २ जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग तथा ट्राफीक व्यवस्थापन कार्यलय इटहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा भोक्राहा १ का २८  लिलम लीम्बु र लक्ष्य लीबु रहेका छन । सामान्य धाइते हुनेमा इटहरी ४ का चेतनाथ भट्टराइ र बराह ५ का कृष्ण ढकाल रहेको नेपाल प्रहरी राजमार्ग तथा ट्राफीक व्यवस्थापन कार्यलय इटहरीले जनाएको छ । घाइते ४ जनाको बिराट नगसींह होम बिराटनगरमा उपचार भइरहेको जनाइएको छ । 

कार चालक फरार रहेको र सवारी इलाका प्रहरी कार्यलय पकली को नीयन्त्रणमा रहेको समेत नेपाल प्रहरी राजमार्ग तथा ट्राफीक व्यवस्थापन कार्यलय इटहरीले जानकारी दीएको छ ।