इटहरी उपमहानगरपालिकाले इटहरी नगर अस्पतालमा मंगलबारदेखी डेङुका बिरामीहरुलाइ लक्षित गर्दै निशुल्क उपचचार सेवा प्रदान गर्ने भएको छ । 

इटहरी नगर अस्पतालमा डेङुको परिक्षण , रगत परिक्षण , बिरामीको बेडखर्च , अस्पताल खर्च तथा डेङु सम्बन्धित सम्पुर्ण उपचारहरु निशुल्क रुपमा प्रदान गर्ने इटहरी उपमहानगरपालिकाले जनाएको हो । इटहरीमा पनी डेङगी संक्रमीत बढीरहेको भन्दै इटहरी उपमहानगरपालीकाले नगरवासीलाइ सहज स्वास्थ्य प्रदान गर्न नीशुल्क डेङगीको उपचार गराउने भएको इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिएका छन् । पछिल्लो समय नेपालमा सबैभन्दा बढी डेङु संक्रमीत सुनसरी जिल्लामा रहेका छन् । छिमेकी पालिका धरानमा डेङु संक्रमणले विकराल रुप लिइरहेको अवस्थामा इटहरीमा पनी संक्रमण नीयन्त्रण गर्न नगरले सर्च एण्ड डीस्ट्रोए अभीयान अन्तरगत २० वटै वडामा सरसउफाइ अभीयान सञ्चालन गर्ने पनी जनाइएको छ । यही शुक्रवार देखी नगरले २० वटै वडामा डेङगी नीयन्त्रण सम्बन्धी कार्यक्रम गर्ने इटहरी उपमहानगरपालीकाका प्रमुख पौडेलले जानकारी गराएका छन । 

नगरले सर्च एन्ड डेस्ट्रोय अभियान अन्तर्गत पानी जमेको स्थानहरूमा किटनाशक स्प्रे , सरसफाइ साथै स्थानीय बासिन्दाहरुमा डेङुको संक्रमणबारे जनजनचेतना फैलाउने भएको हो ।