नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जनाबाट करिब ४५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महोत्तरी जलेश्वर स्थायी घर भई काठमाडौंको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिल वर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाएर पैसा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।