प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता,  आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

‘दुई नेताबीच भेटवार्ता भएपनि के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन’, प्रचण्डका प्रेस संयोजक सुर्यकिरणभन्छन । स्रोतका अनुसार दुई नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बुझिएको छ । नेकपा एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक सोमबारलाई तय भएको छ । सोमबार पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको बुझिएको छ । 

तर उनीहरुबीचको संवादपछि पनि अवरुद्ध संसद खुल्ने नखुल्नेबारे नेताहरुले प्रस्ट बताइसकेका छैनन् ।