उष्णप्रदेशिय रोगहरुको स्क्रिनिङ, पहिचान, उपचार तथा प्रेषण सम्बन्धि स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धीमा जोड दिदै सुनसरीको लौकहीमा सञ्चालित तीन दिवसीय तालिम समापन भएको छ । 

सेभ द अर्थ सुनसरीको विश्वास परियोजनाको आयोजना कोसी गाउँपालीकाको समन्वय तथा  फैरमेडको सहयोगमा स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिम समापन भएको हो । तालिममा कुष्ठ रोग, हात्तीपाइले रोग ,माटोबाट सर्ने जुका ,डेंगी ,.रेबिज ,सर्पदंश ,लुतो ,कालाजार ,फिते जुका , खस्रे रोग  लाग्ने कारण र बच्ने उपाय लगायतका विषयमा जानकारी गराइएको थियो । उपेक्षित रोगको पहिचान देखि प्रेषण सम्मका लागि स्वास्थ्यकर्मीहरुलाई सक्षम बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए । कोशी  गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो तालिममा  रिजवान अन्सारी, जिवन कुमार मण्डल, पुष्प बहादुर भट्टराई, सागर प्रसाई,शोभा देवी गुरुङ लगायतले सहजिकरण गरेका थिए । 

तालिम समापन कार्यक्रममा  उपाध्यक्ष अनितादेवी यादव, कोसी गाउँपालिका वडा नम्बर १का अध्यक्ष  सोभित नारायण यादव, वडा नम्बर  २ का वडाध्यक्ष ध्यानी उराँव, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरप्रसाद दंगाल लगायतको उपस्थिीत रहेको थियो ।