इनरुवा । पशुहरुमा फैलिरहेको लम्पि स्कीनको संक्रमण इनरुवा नगरक्षेत्रमा समेत फैलिरहेको तर्फ मध्यनजर गर्दै नगरपालिकाले सचेतना सहित उपचारको व्यवस्था मिलाएको छ  ।

इनरुवा नगरपालिका क्षेत्रमा समेत लम्पि स्कीनको संक्रमण पशुहरुका बढी रहेको तर्फ मध्यनजर गर्दै नगरपालिकाले सचेतना अभियान सहित उपचारको व्यवस्था मिलाएको जनाएको हो । नगरपालिकाको पशु पंक्षी शाखाका प्रमुख डा. राजकुमार यादवले इनरुवा नगरपालिका क्षेत्रमा ४५ हजार पशुहरु रहेकोमा ६ जतिमा लम्पि स्कीनको संक्रमण देखिए र ४ प्रतिशत जति लम्पि स्कीनका कारण पशुको मृत्यु भएको जानकारी दिएका हुन ।

पशुहरुमा लम्पि स्कीनको संक्रमण बढ्न थालेपछि इनरुवा नगरपालिकाले संक्रमण फैलन नदिन खोप लगाउने कार्यलाई समेत प्राथमिकतामा राख्दै आएको छ । हाल सम्म तीन सय बढी पशुहरुलाई खोप लगाई सकेको समेत जनाइएको छ । लम्पि स्कीनबाट पहुहरुलाई बचाउन इनरुवा नगरपालिकाले सचेतना कार्यक्रम सहित बबियामा रहेको नगरको पशु उपचार केन्द्र माफर्त उपचार सेवा पनि प्रदान गर्दै आएको छ ।