पुरानो वर्चश्व फर्काउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीको विभिन्न पालीकामा सक्रिय बनेको छ । पार्टीका प्रभावशाली नेताहरू अहिले जिल्लाहरूमा सक्रिय छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ’नवीन राप्रपा’ बनाउन २१ बुँदे कार्ययोजना सार्वजनिक गरे सगै सोही अभियान लिएर  राप्रपा केन्द्रीय निर्देशन समिति सदस्य  तथा पुर्व मन्त्री रामकुमार सुब्बा गाउ गाँउ ’नवीन राप्रपा’ अभियान सहित गाँउ छिर्न थाल्नु भएको छ । 

दुहबी नगर कार्य समितिमा आयोजित छलफल कार्यक्रममा  राप्रपाले विभिन्न तहमा उम्मेदवार बनाउँदा अबदेखि ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाउने भएको  पुर्व मन्त्री सुब्बाले  जानकारी दिनुभयो ।  साथै राप्रपाले संगठन सुदृढीकरण पनि प्राथमिकतामा राखिएको   जानकारी दिनुभयो । 

पुर्व मन्त्री सुब्बाका अनुसार केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसमेत गरी करिब ९ सय जना नेता÷कार्यकर्तालाई एकैसाथ संगठन विस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी दिइएको छ । 363320454_6150838611680841_3867860432624522328_n

‘देशभरका ७ सय ५३ वटै स्थानीय तह, ६ हजार सात सय ४३ वटै वडा र प्रवासमा समेत यो जिम्मेवारी तोकिइसकिएको छ,’ उहाले भन्नुभयो , ‘नेताहरूलाई ६ महिनासम्म तोकिएअनुसार भूगोलमा संगठन विस्तार र सुदृढीकरणको काम गर्न जिम्मेवारी दिइएको हो।’ भूगोल तोकिएका नेताहरूले राजसंस्था, हिन्दुराष्ट्र, संघीयतासम्बन्धी अवधारणालाई जनतासमक्ष पु¥याउनुपर्नेछ।  भ्रष्टाचारविरूद्ध पार्टीको अवधारणालाई प्राथमिकतामा राख्न समेत भनिएको छ।

राप्रपाले अनलाइनबाटै साधारण सदस्य र सक्रिय सदस्य आवेदन फारम भर्न मिल्ने व्यवस्थासमेत मिलाएको छ। ‘आर्थिक सहयोगसमेत अनलाइनबाटै गर्न मिल्ने व्यवस्था मिलाएका छौं,’ उहाँले भन्नुभयो  । राप्रपाले एक वर्षभित्र सक्रिय सदस्य संख्या दुई लाख पु¥याउने लक्ष्यसमेत राखेको छ।

संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेको राप्रपाले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट ३ जना सदस्यता अभियान सञ्चालन गर्ने भएको छ । राप्रपाले ६ महिनासम्म यी कार्ययोजनामा काम गरेपछि जनजीविकाका सवाल र मान्यता स्थापनाका लागि जनदबाबका कार्यक्रम अगाडि बढाउने सङ्कल्प लिएको छ ।

361946933_6150838461680856_124911378599215219_n