सुनसरीको दुहबी नगरपालिका २ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

आफ्नै घरमा सिटी सफारी चार्जमा राखेको अवस्थामा दुहबी  नगरपालिका २ का कुशुम लाला साहका छोरा ३ वर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भई उपचारका लागी विराट टिचिङ हस्पिटल लगिएको र उपचार का क्रममा उनको मृत्यु भएको हो ।

घटना को विबरण रसम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।