राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सुन प्रकरण वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये अर्को एउटा सेटिङ भएको बताएका छन् ।

उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे आइपुग्दा यसमा जनता अचम्मित नभएको र भष्ट्राचारबारे बानी परिसकेको बताएका छन् । जुनसुकै प्रकरणमा सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको उनले बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप लगाएका छन् ।

उनले सुन तस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको बताए । आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्त बुझ्दो जवाफ नदिएमा रास्वपाले अर्को कदम चाल्ने बताए ।