पुर्व क्षेत्रकै ठुलो विराटनगर स्थित कोशी अस्पतालमा विरामीहरुको चापलाई व्यवस्थित गर्न र उपचारलाई सहज बनाउन अनलाईन टिकेटिङ प्रणालीको तयारी गरिएको छ । 

सर्वसाधारणहरुले सो अस्पतालमा ओपिडीको टिकट काट्न र पैसा बुझाउन घण्टौ लाइनमा लाग्नुपर्ने अवस्था अन्त्यका लागि अनलाइन टिकेटिङ प्रणाली लागू गर्न लागिएको हो । उपचारको लागि डाक्टर सम्म पुग्नु अघि ओपिडीको टिकट काट्न घण्टौं लाइन्मा बस्नु पर्दा धेरै गाह्रो पर्ने गरेको सेवाग्राहीहरुले बताएका छन् । टिकट काटी सकेपछि पनि सम्बन्धीत डाक्टरको सम्म पुग्नको लागि पालोमा बस्नु पर्ने हुन्छ । केही साता अघि अस्पतालको अनुगमनका क्रममा स्वास्थ्य तथा जनसंख्या मंत्री मोहन बहादुर बस्नेतले तत्काल अनलाइन टिकट काट्ने प्रणाली लागू गर्न र टोकन सिस्टम लागू गर्न निर्देशन र्दिएका थिए । कोशी अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. चन्द्रभाल झाले एक साता भित्र अनलाइन टिकेटिङ प्रणाली लागू गराउने तयारी गरिएको जानकारी दिए । उनले असार मसान्तमा बजेट अभाव र टेण्डरको प्रक्रियाका कारण ढिलाई भएको बताए । 

 कोशी अस्पतालमा दैनिक १ हजार देखि १२ सय सम्म विरामीहरु बहिरंग विभागमा उपचारका लागि आउने गर्दछन् ।