अनुगमनका नाममा व्यवसायीहरुलाई आंतकीत पार्ने काम गरिएको भन्दै सुनसरी सदरमुकाम इनरुवाका औषधी व्यवसायीहरु आन्दोलित बनेका छन । 

स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम भनिएको औषधी पसलहरुको अनुगमनका क्रममा नगरपालिकामा बुझाएको करको कागज देखाउन भनिएपछि असम्वन्धित विषय समेत खोजी गरेर व्यवसायीलाई आंतकीत वनाउने काम गरिएको भन्दै विरोध गरिएको हो । औषधी पसलहरु अनुगमन गर्ने क्रममा अनुगमन टोलीमा रहेका जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले नेशनल मेडिकलका सञ्चालक योगेन्द्रप्रसाद मेहतालाई नगरपालिकामा वुझाएको करको कागज देखाउन भनेपछि विवाद सुरु भएपछि औषधी व्यवसायीहरुले अनुगमनको विरोध गरेका हुन ।

नगरपालिकालाई कर वुझाउने विषय नगरपालिकासंग सम्वन्धित रहेको हुँदा नगरपालिकाको सहभागिता विना नगरपालिकाको कर चुक्ता खोजिएपछि आफुहरु आन्दोलित भएको औषधी व्यवसायी योगेन्द्र प्रसाद मेहताले जानकारी दिए । व्यवसायीहरुले नारावाजी गर्दै औषधी पलसहरु समेत बन्द गराएर इनरुवाको मुख्य बजार क्षेत्रमा धर्ना दिए । उनीहरुले नगरपालिकालाई कर वुझाउने समय सिमा अझै बाँकी रहेको समयमा करको कागत खोजिएको भन्दै औषधी व्यवासयी आक्रोसित वनेका हुन । यता अनुगमनमा सहभागी डा. देवराज घिमीरेले नगरपालिकामा व्यवसाय दर्ताको कागजात   खोज्दा आफु प्रति दुव्यवहार शैलीमा आक्रोस पोखिएको आरोप लगाएका छन ।

नगरपालिकालाई कर वुझाउने समय बाँकी नै रहेको अवस्थामा कर वुझाएको प्रमाण खोज्ने कार्य गर्ने अनुगमन टोलीले व्यवसायीहरुसंग माफी नमागे थप आन्दोलन गरिने व्यवसायीले चेतावनी दिएका  छन ।