एउटै पार्टीभीत्र आफ्नै पार्टी सभापतीबाट प्रशीक्षण लीदा समेत नेता कार्यकर्ताले शुल्क तीरेका छन । झट्ट सुन्दा अचम्म लाग्ने तर यस्तै भएको छ राष्ट्रीय स्वतन्त्र पार्टीको कोशी प्रदेशले आयोजना गरेको प्रशीक्षण कार्यक्रममा ।

रास्वपा कोशी प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपस्थितिको लागि कार्यकर्ताले शुल्क तिर्नुपर्यो । प्रशिक्षण कार्यक्रम इटहरीस्थित इम्पेरियल लन्चमा आयोजना गरिएको थियो । यही साउन ५ र ६ गते आयोजन गरिएको प्रशिक्षण कार्यक्रममा उपस्थितिको लागि २ हजार ५ सय शुल्क तोकिएको थियो। कार्यकर्ताहरु सोहीअनुसार शुल्क तिरेर प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन्। सोहीअनुसार क्षितिज गौतमको नाममा रहेको एनएमबि बैंक विराटनगर शाखा कार्यालयको खाता नं.००८००५३३४३३०००१६ मा शुल्क भुक्तानी गर्न निर्देशन दिइएको थियो ।362736898_137850022681152_7780737243986436716_n

आफ्नै पार्टी अध्यक्ष रबि लामीछानेको प्रशीक्षण पनी कार्यकर्ताले रकम तीरेर लीएका छन । आफै पार्टीमा आबद्ध भएर संगठन बीस्तार देखी लीएर छोटो समयमा संसदमा सीट संख्याको हिसावले चौथो पार्टीको रुपमा स्थापीत गराउन नीर्वाचनमा खटीने कायर्उकर्ताले आफ्नै पार्टीको विधान,नीती नीयम बुझ्न पनी शुल्क बुझाउनुपर्ने भएको छ । अर्कोतटर्फ रास्वपाको पृष्टभुमीलाइ हेर्नुपर्दा छोटो समयमा उदाएको दल भनेर चीनीदै आएको राष्ट्रीय स्वतन्त्र पार्टी सञ्चालनका लागी पार्टीले शुल्क लीएको हो की भन्ने पनी विश्लेषण हुने गरेको छ । पार्टीलाइ सुद्धीढ बनाउन नेता कार्यकर्तालाइ दक्ष बनाउन आयोजना गरीएको प्रशीक्षणमा शुल्क लीनुलाइ अर्थपुर्ण रुपमा हेरीएको छ । सहभागीताको लागि आह्वान गरिएको पत्रमा प्रदेश इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश विभागिय पदाधिकारी, निर्वाचन क्षेत्र समिती पदाधिकारी तथा पालिका सभापति, उपसभापति र सचिवहरुलाई सम्बोधन गरिएको छ। पार्टीका नीती ,नीयम,कार्यदीशाा बारे जानकारी लीन कुनै सामाजीक संस्था जस्तै गरी पार्टीलाइ प्रशीक्षणको नाममा शुल्क बुझाउनुपर्दा कतीपय कार्यकर्ता रत्तीभर पनी सन्तुष्ट छैनन् ।

आफ्नै पार्टी सभापतिको प्रशिक्षणको लागि पैसा शुल्क तिर्नु परेकोप्रति कार्यकर्ताहरुले असन्तुष्टि पोखेको छन्।