चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौं आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली काठमाडौं आइपुगेका हुन् ।

च्या २५ सदस्यीय टोलीसहित नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ उच्चस्तरीय टोलीले नेपालमा महत्वपूर्ण राजनीतिक भेटवार्ता कार्यक्रमगर्ने भएको छ । च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख योया (सरला) पनि नेपाल आइसकेकी छिन् ।

चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकी छन्। शनिवार नेपाल आइपुगेकी सरलाले च्याच्युनको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् भने च्याच्युनले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने जनाएकी छिन ।नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी पनि रहेको छ  ।

नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरुको नेपाल आउनेक्रम पनि बढ्दो छ ।